जिल्लाव्यापी अभियान भव्यरुपमा सम्पन्न

जिल्लाव्यापी अभियान भव्यरुपमा सम्पन्न

नेकपा(क्रान्तिकारी) माओवादी सिन्धुपाल्चोकले जिल्लाका विभिन्न स्थानमा संगठन ,संघर्ष र जनसरोकारका विभिन्न विषयलाई उठान गर्दै २० दिने अभियान सम्पन्न गरेको छ ।
 यहि भाद्र १० गते प्रारम्भ गरि ३० गते समापन गरिएको अभियानले जिल्लाका विभिन्न स्थानमा भेटघाट ,जनसम्पर्क, विभिन्न जन सङ्गठन निर्माण गर्दै अभियान सफलतापूर्वक सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम चौतारामा उद्घाटन गरिएको अभियान उद्घाटन पार्टी केन्द्रीय सदस्य सानुले गरेका थिए भने सञ्चालन पार्टी जिल्ला सेक्रेटरी पिस्करले गरेका थिए । सोही अभियान अन्तर्गत साँगा चोेक, गढी नगरपालिका गौरतीमा अखिल नेपाल तामाङ् राष्ट्रिय मुक्ति मोर्चा र अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) सिन्धुपाल्चोकको संयुक्त जिल्ला स्तरीय भेला गरिएको छ । भेलाले सूर्य बाहादुर तामाङ्को अध्यक्षतामा ९ सदस्यीय तामाङ् मोर्चा जिल्ला समिति र गीता तामाङ्को अध्यक्षतामा ९ सदस्यीय महिला सङ्गठन सिन्धुपाल्चोक गठन गरेको छ ।

         अभियानको समापन यहि भाद्र ३० गते इलाका नं ३ चौतारा साँगा चोक गढी वडा नं ८ स्थित सामुदायिक महिला भवनमा सम्पन्न भएको छ । उक्त समापन कार्यक्रमसँगै विद्यार्थी सङ्गठन र युवा लिगको संयुक्त भेलाले विशाल लामाको संयोजत्वमा १३ सदस्यीय क्रान्तिकारी युवा लिग र सुरज तामाङ्को संयोजकत्वमा १७ सदस्यीय अनेरास्ववियु क्रान्तिकारी चौतारा साँगा चोकगढी ३ न. इलाका सिन्धुपाल्चोकको गठन गरेको छ । प्रशिक्षणात्मक भेला तथा अभियान समापन कार्यक्रमको सभापतित्व देजमो नेपाल सिन्धुपाल्चोकका अध्यक्ष तिलक श्रेष्ठ र सञ्चालन देजमो सिन्धुपाल्चोका सचिव धन तामाङ्ले गरेका थिए ।

    सो समापन कार्यक्रमका प्रमुख अतिथि नेकपा(क्रान्तिकारीमाओवादी) का पि.बि.एम. तथा पार्टीको ३ नं प्रदेश सेक्रेटरी सागरले वर्तमान राष्ट्रिय,अन्तराष्ट्रिय राजनीति र पार्टीको नीति कार्यक्रम बारे विस्तृत प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । कार्यक्रमलाई पार्टी के.स.तथा सिन्धुपाल्चोक जिल्ला इञ्चार्ज सानु, सेक्रेटरी पिस्कर,अनेरास्ववियु क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने र क्रान्तिकारी युवा लिगका ३ नं प्रदेश सचिव सुरेश तामाङ्ले सम्बोधन गरेका थिए ।