सुदूरपश्चिम प्रदेश स्तरीय ३ दिने वैचारिक तथा राजनीतिक प्रशिक्षण

प्रकाशित मिति : २०७६ भाद्र ३०

नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) सुदूर पश्चिम प्रदेश स्तरीय तीन दिने प्रशिक्षण कार्यक्रम यही भाद्र २५ – २७ गतेसम्म कैलाली जिल्लाको अत्तरियामा सञ्चालन भएको छ । उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन नेकपा ( क्रान्तिकारी माओवादी ) का स्थायी समिति सदस्य तथा पश्चिम कमाण्ड इन्चार्ज रामसिंह श्रीसले गरेका थिए ।

नेकपा (क्रान्तिकारी माओवादी ) का पोलिट ब्यूरो सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज अनुकूलको अध्यक्षता, सिसिएम लालकिरणणको स्वागत मन्तव्य र सिसिएम डायमण्डको उद्घोषणमा सञ्चालन गरिएको उक्त उद्घाटन कार्यक्रममा केन्द्रीय पार्टी स्कुल विभागका सचिव तथा केन्द्रीय प्रशिक्षक हस्तबहादुर केसी , सिसिएम हरि सुवेदी समेतको उपस्थिति रहेको थियो ।

 

४२ जना प्रशिक्षार्थीहरु सहभागी रहेको उक्त तीन दिने प्रशिक्षण कार्यक्रममा केन्द्रीय प्रशिक्षक हस्तबहादुर केसीले माक्र्सवादी दर्शन , दर्शनको उत्पत्ति र विकास , द्वन्द्वात्मक भौतिकवाद र द्वन्द्ववाद र अधिभूतवादका बिच भिन्नता र  ऐतिहासिक भौतिकवाद ।
अन्य प्रशिक्षकहरु रामसिंह श्रीसले पार्टी र संगठन र जनवादी केन्द्रीयता, अनुकूलले पार्टीको कार्यदिशा , डायमण्डले राज्य र क्रान्ति , लालकिरणले राजनीतिक अर्थशास्त्र , अतिरिक्त मूल्यको सिध्दान्त र हरि सुवेदीले राजनीतिक पार्टीहरुको विश्लेषणका विषयमा प्रशिक्षण दिएका थिए ।