एकताको प्रथम राज्य सम्मेलन सम्पन्न ।

राम बहादुर कौसलको अध्यक्षतामा ३१ सदस्सीय नेपाली एकता समाज, भारत पंजाब राज्य समिति चयन

प्रकाशित मिति : २०७६ भाद्र ३०

यही भाद्र २८ र २९ गते पंजाबको औधेगिक शहर लुधियाना अन्तर्गत फोकल पोईन्ट अवस्थित गुरूद्वाराको सभाकक्षमा नेपाली एकता समाज, भारत पन्जाब राज्य समिति एकताको प्रथम राज्य सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ ।

  शहिदहरु प्रति श्रद्धञ्जली व्यक्त गरेर आरम्भ गरिएको कार्यक्रमको अध्यक्षता राज्य समितिका अध्यक्ष राम बहादुर कौशलले गरेका थिए भने कार्यक्रमको उद्घाटन देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय महासचिव क। परि थापाले प्रमुख अतिथीका रुपमा सम्पन्न भएको थियो ।
सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले वर्तमान कथित कम्युनिस्ट पार्टीको सरकारले विगतका सरकारहरुले जस्तै राष्ट्रघात, जनघात र भ्रष्टाचारलाई निरन्तरता र व्यापकता दिएको बताए । उनले ‘समाजवादको लफ्फाजी दिएको सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको दायित्व लिनु पर्नेमा ती विषय र क्षेत्रमा भैरहेको नीजिकरणलाई तिब्रता दिएर मुठ्ठीभर दलाल, नाफाखोर र विचौलियाहरुको हितमा काम गरेको वताए । वर्तमान सरकारले संविधानमा व्यबस्था भएका प्रावधानहरुका विपरित कार्य गरेको र राज्य व्यबस्था प्रतिकृयावादमा पतन भैसकेकाले अब यसको भण्डाफोर गर्न आवश्यक नभएकाले आगामि मंसिर महिनामा हुने भनिएको संघीय र स्थानीय चुनावलाई सकृय बहिष्कार गर्दै राष्ट्रीयता, जनतन्त्र र जनजीविकाका समस्याहरु समाधान गर्न संघर्षलाई सशक्त ढंगले अगाडी बढाएर संघीय जनगणतन्त्र नेपाल स्थापनाको दिशामा अगाडि बढ्दै वैज्ञानिक समाजवादको स्थापना गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

  नेपाली एकता समाज, भारतले देश भित्र भएका र हुने विभिन्न आन्दोलन र संघर्षहरुमा सहयोग, समर्थन र सहभागिता पुर्याउंदै आएको स्मरण गर्दै नेपाली एकता समाज, भारतको प्रसंशा गरेका छन् । साथै उनले देशमा रोजगारीको अभावका कारण विदेशिन वाध्य भएका नेपाली युवाहरुलाई संगठित, सचेत एवं अनुशासित हुन र बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा नेपाली एकता समाज, भारत लाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।

  नेपाली एकता समाज, भारत केन्द्रीय समितिका महासचिव विष्णु शर्माले नव निर्वाचित राज्य समितिको नामावलि प्रस्तुत पछि सम्मेलनले राम बहादुर कौसलको अध्यक्षतामा ३१ सदस्सीय नेपाली एकता समाज, भारत पंजाब राज्य समिति चयन गरेको छ । समितिका उपाध्यक्षहरुमा नर बहादुर गौतम, चिरञ्जीवि शर्मा, भरत बि। क। रहेका छन् भने सचिवमा निर्मल वि। क।, सहसचिव गोपाल वि। क।, कोषाध्यधमा उदय बहादुर घर्तिमगर चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा रामु दर्लामी, टुक बहादुर जी। सी।, दोम बहादुर के। सी।, लुद्र बहादुर वि। क।, गीता जी। सी।, अर्जुन मल्ल, सीता मल्ल, तेज बहादुर थापा, दर्शन थापा, तिलकराज घिमिरे, सम्शेर बहादुर शाही, राकेश वि। क।, लिला राई, सुस्मीता घिमिरे, प्रेमा थापा, यम बहादुर वि। क।, धिरेन्द्र थापा, सन्तोष वि। क।, श्याम शर्मा, सुष्मा वि। क।, सत्यराम थापा, सुशिला शर्मा, मणिराम पुन, र बलराम पाण्डे निवाचित भएकाछन् ।

  नवनिर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई हार्दिक वधाई ज्ञापन तथा सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नेहरुमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय महासचिव परि थापा, नेपाली एकता समाज, भारत केन्द्रीय समितिका महासचिव विष्णु शर्मा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय समिति सदस्य कुमार बोगटी, नेपाली एकता समाज, भारत केन्द्रीय समितिका उपाध्यक्ष रामचन्द्र घिमिरे, केन्द्रीय समिति कोषाध्यक्ष बिर बहादुर गौतम, केन्द्रीय सचिवालय सदस्यहरु रामु सुमा वि. क., चेतमान भण्डारी, सुमन्त के. सी., महिन्द्र घिमिरे, कमला गौतम र क्रान्तिकारी युवालिगका सचिवालय सदस्य विक्रम थापा थिए ।
सामना सांस्कृतिक परिवारका साथै स्थानीय कलाकर्मिहरु द्वारा प्रस्तुत गरीएको रोचक प्रगतिशील गित र नाचहरुले सम्मेलनको थप रौनकता बढाउनुका साथै रोमान्चक बनाएको थियो । सम्मलेन आयोजक समितिका सचिव मिलन के .सी. को उद्घोषण, राज्य समितिका सचिव निर्मल वि.क. को स्वागत मन्तव्य बाट कार्यक्रम अगाडि बढाइएको थियो ।