काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) र नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासंघले किसानहरुका जल्दाबल्दा विषयहरुका बारेमा संयुक्त रुपमा अन्तक्र्रिया कार्यक्रम गर्ने भएका छन् । भदौं १२ गते बसेको दुवै संगठनको संयुक्त बैठकले अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो ।
वर्तमान राजनैतिक अवस्थामा किसानका समस्या समाधानतिर अगाडि बढ्नुको सट्टा कृषि क्षेत्र झन् विकराल र संकटग्रस्त बन्दै गइरहेको भन्दै दुवै संगठनले भदौं २७ गते काठमाडौंको दरबारमार्ग स्थित हार्दिक होटलमा अन्तक्र्रिया कार्यक्रम गर्ने जनाएका छन् । दुवै संगठनले किसानका समस्या समाधानका लागि शक्तिशाली आन्दोलनको आवश्यकता रहेको ठहर गर्दै सबै राजनीतिक पार्टी र किसान संघ संगठनहरुबीच व्यापक छलफल तथा अन्तक्र्रिया कार्यक्रमलाई अगाडि बढाउने निर्णय गरेको संयुक्त रुपमा जारी वक्तव्यमा जनाइएको छ ।
वक्तव्यमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ र अखिल नेपाल किसान महासंका अध्यक्ष भैरव राज रेग्मीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।