विश्व सर्वहारा र उत्पीडित वर्गका महान नेता र शिक्षक कार्लमाक्र्सको दोस्रो शत वार्षिकीलाई विश्वभरिकै कम्युनिस्ट पार्टीहरुले अलग अलग रुपमा मनाएका छन् । यसका साथै र संयुक्त विज्ञप्तिमार्फत् ऐक्यवद्धता पनि प्रकट गरेका छन् । माक्र्सवाद र यसका प्रणेता कार्लमाक्र्स विश्वभर यति धेरै स्थापित भएका छन् कि माक्र्सवादका विरुद्ध विषवमन गर्ने र यसको जरो किलो उखेल्नकालागि टुप्पीदेखि पैतालासम्मको बल लगाइरहेका नेता र तिनका संगठनहरु पनि जनताका आँखामा छारो हाल्नकै लागि पनि माक्र्स द्वीशताब्दी दिवस मनाउन बाध्य भइरहेका छन् । हामी कम्युनिस्टहरुले आफ्ना महान गुरु र शिक्षक कार्लमाक्र्सको उच्च सम्मान र वहाँका योगदानको महत्वलाई स्थापित गराउँदै माक्र्सवादलाई आजको विश्व परिस्थितिको सापेक्षतामा क्रान्तिमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस र छलफललाई गहिरोसँग अगाडि बढाउने अवसरका रुपमा यसको सदुपयोग गर्नु आवश्यक छ । यो सानो लेखमा माक्र्सवादको जन्म र कसरी यो वैज्ञानिक सिद्धान्तले गुणात्मक विकास गर्दै माक्र्सवाद–लेनिनवाद–माओवाद आजको युगको माक्र्सवाद बन्न गयो र यसमा विश्व कम्युनिस्ट आन्दोलनको के भूमिका रहेको छ भन्ने विषयमा समेत संक्षिप्त चर्चा गर्ने प्रयत्न गरिएको छ ।

माक्र्सवाद यसको उदय र प्रारम्भदेखि नै अन्तर्राष्ट्रिय श्रमिक र मजदुर आन्दोलनसँग जोडिएको छ । माक्र्सले निकै कठिन संघर्षका बीचमा पहिलो अन्तर्राष्ट्रियको गठनमा ंमहत्वपूर्ण योगदान गर्नु भयो । त्यसै अन्तर्राष्ट्रिय संगठनलाई मार्गदर्शन गर्ने दस्ताबेजका रुपमा आफ्ना सहयोद्धा एंगेल्ससंगै मिलेर ‘कम्युनिस्ट पार्टीको घोषणा पत्र’ तयार पार्नु भयो । यो नै माक्र्सवादको आधार तयार पार्ने पहिलो दस्ताबेज बन्न पुग्यो ।

हार्दिक शुभकामना !

माक्र्सवाद एउटा वैज्ञानिक सिद्धान्त हो । यो कुनै जड्सूत्र होइन, अपितु क्रान्तिको मार्गदर्शक हो । लेनिनको भनाइमा “माक्र्सवाद एउटा जडसूत्र होइन, यो क्रान्तिको मार्ग दर्शक हो ।” ९ःबचहष्कm ष्क लयत ब मयनmब, दगत नगष्मभ तय बअतष्यल० । कम्युनिस्टहरुले यसैरुपमा माक्र्सवादलाई आत्मसात गर्दछन् र यसलाई क्रान्तिको विज्ञानको रुपमा ग्रहण गर्दछन् । माक्र्सवाद क्रान्तिमा प्रयोग हुने सिद्धान्त भएको हुनाले यो निरन्तर विकासको क्रममा अघि बढिरहन्छ । सच्चा कम्युनिस्टहरुले माक्र्सवादको रक्षा गर्नु पर्छ । यसलाई आफ्नो देशलाई क्रान्ति सम्पन्न गर्ने कामको मार्ग दर्शनका निमित्त प्रयोगमा ल्याउनु पर्दछ । क्रान्तिमा गरिने प्रयोगद्वारा नै यसको विकास पनि हुने गर्दछ । माक्र्सवादको प्रथम सफल प्रयोग लेनिनको नेतृत्वमा रुसको अक्टुबर क्रान्ति सफल गर्नका लागि गरियो । माक्र्सवादको गुणात्मक विकासद्वारा नै माक्र्सवाद–लेनिनवाद बन्न गयो । त्यसैगरी माक्र्सवाद–लेनिनवादको सफल प्रयोग माओले नेतृत्व गर्नु भएको चिन कम्युनिस्ट पार्टीको नेतृत्वमा सन् १९४९ मा सम्पन्न चिनको नयाँ जनवादी क्रान्ति र त्यसपछि समाजवादको विकासका दौरानमा गरियो । त्यसपश्चात् माक्र्सवाद–लेनिनवादको तेस्रो गुणात्मक चरणको विकास भयो, माक्र्सवाद–लेनिनवाद–माओवाद ।


पहिलो अन्तर्राष्ट्रियको विघटन भएपछि गठन भएको दोस्रो अन्तर्राष्ट्रियको माक्र्सको देहान्त भएपछि एंजेल्सले नेतृत्व गर्नु भयो । दोस्रो अन्तर्राष्ट्रियमा विभिन्न प्रकारका गैरमाक्र्सवादी प्रवृत्तिसँगको संघर्षका दौरानमा यो विभिन्न गुटहरुमा विभाजित भयो । सन् १९१७ को रुसी अक्टुबर क्रान्तिका महानायक लेनिनको सक्रिय पहल र नेतृत्वमा तेस्रो अन्तर्राष्ट्रियको गठन भयो । फासिवादी जर्मनीले नेतृत्व गरेको जर्मनी, इटाली, जापान लगायतका देशहरुको गठबन्धनका बिरुद्ध तत्कालीन सोवियत संघ, अमेरिका, बेलायत, फ्रान्स आदि देशको संयुक्त मोर्चा गठन गर्ने सन्दर्भमा मोर्चामा आबद्ध साम्राज्यवादी राष्ट्रहरुले कोमिन्टर्नको विघटनको सर्त राखे । फासिवादी अन्तर्राष्ट्रिय मोर्चाको गठनलाई प्राथमिकता दिँदै तेस्रो अन्तर्राष्ट्रियको विघटन गरिएको थियो । समाजवादी सिविर र समाजवादी क्रान्तिको अन्तर्राष्ट्रिय केन्द्र तत्कालीन सोवियत संघको रक्षा गर्नुपर्ने आवश्यकतालाई मुख्य कारण बनाएर तेस्रो अन्तर्राष्ट्रियको विघटन गर्नु ठिक थियो कि बेठिक भन्ने बहस अहिले पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा कसै कसैले उठाउने गरेको पाइन्छ ।

दोस्रो अन्तर्राष्ट्रियको विघटन भएको र सच्चा कम्युनिस्ट पार्टीहरुको कुनै पनि अन्तर्राष्ट्रिय स्तरको संगठन वा केन्द्र नभइरहेको अवस्थामा सन् १९८४ मा ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन’ ९च्क्ष्ः०के गठन हुनु सकारात्मक कदम थियो । ‘रिम’ले त्यसपछिका लगभग दुई दशकसम्म पु¥याएको योगदानको विश्वका माओवादी पार्टी र संगठनहरुले अत्यन्त सकारात्मक मुल्याङ्कन गरेका थिए । परन्तु, विशेषतः तत्कालीन नेकपा (माओवादी)का प्रमुख नेता प्रचण्डमा देखापरेको दक्षिणपन्थी अवसरवादी भड्काव र प्रतिकृयावादी शक्तिहरुसँगको आत्मसमर्पण तथा आरसीपी अमेरिकाका अध्यक्ष बबअवाकिनमा देखापरेको माक्र्सवादकै बिसर्जनको प्रवृत्तिका कारण रिम यतिखेर अकर्मण्यता र बिसर्जनको अवस्थामा पुगेको छ । तथापि, जुन बेलासम्म ‘रिम’भित्र यी समस्या देखापरेका थिएनन् र त्यो अन्तर्राष्ट्रिय केन्द्र सक्रिय थियो, त्यसले महत्वपूर्ण भूमिका खेलेको थियो । त्यतिबेला त्यसले वैचारिक क्षेत्रमा गरेको एउटा महत्वपूर्ण कार्यभार थियो– माओको शतवार्षिकी (सन् १९९२ डिसेम्बर)मा पारित गरेको ‘माक्र्सवाद–लेनिनवाद–माओवाद जिन्दावाद !’ भन्ने दस्ताबेज । यो दस्ताबेजले विगतमा माक्र्सवाद–लेनिनवादको विकासमा माओले गरेको योगदानलाई विगतमा गरिएको ‘माओ विचारधारा’ भन्ने संश्लेषणभन्दा माथि उठेर माक्र्सवाद–लेनिनवाद–माओवाद पदावलीको प्रयोग गर्नु पर्दछ भन्ने कुराको स्पष्ट निर्णय गर्नुका साथै त्यहीस्तरमा माओवादलाई ग्रहण गर्नु पर्दछ भन्ने कुरामा जोड दिएको छ । रिमको यो ऐतिहासिक निर्णयले रिममा आबद्ध नभएका माओवादी पार्टीहरुलाई पनि यो सोंचप्रति आकर्षित गरेको थियो । यस सन्दर्भमा रिममा आबद्ध नभएको भाकपा (माओवादी) लगायत अन्य माओवादी पार्टी र संगठनले पनि आफ्ना पार्टीको मार्गदर्शक सिद्धान्तमा माक्र्सवाद–लेनिनवाद–माओवाद पदावली नै प्रयोग गर्ने निर्णय गरिसकेका छन् । हाम्रो गौरवशाली पार्टी नेकपा (क्रान्तिकारी माओवादी)ले आफ्नो पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवादलाई मान्दै आएको कुरा त जग जाहेर नै छ । हामीले माक्र्सवादको महत्व र विकाससम्बन्धी विषयको छलफललाई अघिबढाइरहँदा रिम कमिटीको दोस्रो विस्तारित बैठकले मालेमावाद– जिन्दावाद ! भन्ने दस्ताबेज पारित गर्दा गरिएको पछिल्लो संश्लेषणसम्बन्धी एउटा उद्धरण प्रस्तुत गर्नु सान्दर्भिक हुनेछ, “कार्लमाक्र्सले आजभन्दा झण्डै १५० वर्ष (यतिखेर १७५ वर्ष –अनु) अघि सबैभन्दा पहिले क्रान्तिकारी साम्यवादको विकास गरे । आफ्ना सहयोद्धा कमरेड फ्रेडरिक एङ्गेल्सको सहयोगमा उनले एउटा विस्तृत दार्शनिक पद्धति, द्वन्द्वात्मक भौतिकवादको विकास र आधारभुत नियमहरुको अन्बेषण गरे, जसले मानव जातिको इतिहासलाई आकार दियोे ।

“माक्र्सले राजनीतिक अर्थशास्त्रको विज्ञानको विकास गरे, जसले सर्वहारावर्गको शोषण र पुँजीवादी उत्पादन प्रणालीमा अन्तर्निहित अराजकता र अन्तर्विरोधलाई उदाङ्ग पारे । कार्लमाक्र्सले अन्तर्राष्ट्रिय सर्वहारा वर्गसँग नजिकको सम्बन्ध राखेर उनीहरुको सेवा गर्ने क्रान्तिकारी सिद्धान्तको विकास गरे । उनले पहिलो अन्तर्राष्ट्रियको निर्माण गरे । एङ्गेल्ससँगै मिलेर उनले गुन्जायमान हुने “संसारका मजदुर एक होऔं” भन्ने नारासहितको ‘कम्युनिस्ट घोषणापत्र’ लेखे । माक्र्सले सन् १८७१ को सर्वहारा वर्गको सत्ता कब्जा गर्ने पहिलो महान प्रयास पेरिस कम्युनका विषयमा धेरै ध्यान दिए र यसका शिक्षाहरुको समीक्षा गरे ।” (माक्र्सवाद–लेनिनवाद–माओवाद जिन्दावाद ! शिर्षकको दस्ताबेजबाट ।)

यसका साथै सर्वहारा वर्गलाई वहाँले सिकाउनु भयो कि बलप्रयोग बिना उनीहरुले सत्ता कब्जा गर्नु सम्भव छैन । यसप्रकार, सत्ता हस्तान्तरणसम्बन्धी सबै प्रकारका भ्रमहरुलाई चिर्दै क्रान्तिद्वारा सत्ता प्राप्त गर्नुपर्ने अनिवार्यतालाई वहाँले स्पष्ट पार्नु भयो । यसका साथै वहाँले यो पनि स्पष्ट पार्नुभयो कि सर्वहारा वर्गले बनिबनाउ राज्यसत्तालाई प्रयोग गर्न सक्दैनन्, पुरानो सत्तालाई ध्वस्त पारेर नयाँ सत्ताको स्थापना गर्नुपर्छ । यसका साथै सर्वहारा वर्गको अभिनायकत्व लागु गरेर मात्र वर्गहरुलाई समाप्त गर्न र सामाजिक रुपान्तरण गर्न सकिन्छ भन्ने सर्वाधिक महत्वको विषयको पनि उजागर गर्नु भयो ।
समग्रमा, माक्र्सले विकास गरेका उपरोक्त विचार, दृष्टिकोण र पद्धतिलाई माक्र्सवाद भनिन्छ । “… यसले सर्वहारावर्गको विचारधाराको विकासमा पहिलो कोसेढुंगाको प्रतिनिधित्व गर्दछ ।” (उपरोक्त) ।
माक्र्सवाद निरन्तर विकास भइरहने समाज विज्ञान हो । यसको विकास सफल प्रयोगबाट मात्र हुन सक्दछ । सर्वप्रथम यसको सफल प्रयोग गर्ने श्रेय लेनिनलाई जान्छ । वहाँले माक्र्सवादको रचनात्मक प्रयोग सन् १९१७ को फरवरी क्रान्ति र विशेषतः अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गर्ने क्रममा गर्नुभयो । माक्र्सवादका तीन संघटक अंग– दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद भएको विस्तृत व्याख्या लेनिनले गर्नुभयो र आफैंले तीनैवटा संघटक अंगको विकासमा योगदान गर्नुभयो । यसका साथै, लेनिनले माक्र्सवादको सफल प्रयोग रुसमा सम्पन्न अक्टुबर क्रान्तिमा गर्नुभयो । माक्र्सवादको यो गुणात्मक विकासलाई लेनिनवाद भनिन्छ ।
यसै क्रममा, वैज्ञानिक समाजवाद र साम्यवादको व्याख्यासहितको पहिलो दस्ताबेज, कम्युनिस्ट घोषणापत्रको प्रकाशन सन् १८४८ मा भयो । उक्त घोषणापत्रबारे लेनिनको भनाइ यसप्रकार छ, “१८४८ मा प्रकाशित माक्र्स र एंगेल्सको कम्युनिस्ट घोषणापत्रले यो सिद्धान्तलाई एकीकृत र व्यवस्थितरुपमा खुलासा ग¥यो । यस्तो खुलासा जुन आजसम्म सबैभन्दा राम्रो भन्ने कुरा स्थापित भएको छ ।” (लेनिन, छानिएका कृतिहरु, पृ १७ अंग्रेजी ।)
कम्युनिस्ट घोषणापत्रले युगान्तकारी महत्व राख्दछ । यसले विश्वको इतिहासलाई नै ठुलो प्रभाव पारेको कुरा लेनिनको यो कथनले पुष्टि गर्दछ, “त्यसपछि विश्व इतिहास स्पष्टरुपमा तीन कालमा विभाजित भएको छ ः १) सन् १८४८ को क्रान्तिदेखि पेरिस कम्युन (१८७१)सम्म, २) पेरिस कम्युनदेखि १९०५ को रुसी क्रान्तिसम्म र ३) उक्त रुसी क्रान्तिबाट अगाडि ।” (उपरोक्त)
लेनिनले गर्नुभएको संश्लेषणअनुसार कम्युनिस्ट घोषणापत्रको प्रकाशन हुने बित्तिकै यो स्थापित भइहाल्न सकेन । त्यतिखेर देखापरेका र प्रचारमा आएका विभिन्न प्रकारका “समाजवाद”ले मजदुर आन्दोलनलाई दिग्भ्रमित बनाएको थियो । सुरु सुरुमा त माक्र्सको सिद्धान्तलाई पनि यिनै “समाजवाद” जस्तै एउटा होला भन्ने ठानिएको थियो । विभिन्न किसिमका पुँजीवादी र सुधारवादी नाराहरु दिएर नक्कली समाजवादीहरुले ठुलो भ्रम छरेका थिए । तर सन् १८४८मा भएका क्रान्तिकारी संघर्षहरुले यी माक्र्सवादपूर्वका कथित समाजवादीहरुको चरित्रलाई उदांग पारिदिए । यसै वर्षको जुन महिनामा पेरिसमा गणतन्त्रवादी पुँजीपतिवर्गको सरकारले मजदुरहरुमाथि गोली चलाएर हत्या गरेपछि के साबित भयो भने सच्चा समाजवादका लागि लड्ने दिगो शक्ति भनेको मजदुर वर्ग नै रहेछ । निवर्गीय धारणा राख्ने सबै सुधारवादीको चरित्रको पर्दाफास भयो । लेनिनको भनाइअनुसार, “निवर्गीय समाजवाद र निवर्गीय राजनीतिका सबै सिद्धान्तहरु केवल वाहियात साबित भए ।” (उपरोक्त, पृ १८) । लेनिनले परिभाषित गर्नुभएको यो चरणको अन्तिमतिर आइपुग्दा ऐतिहासिक क्रान्तिकारी आन्दोलनहरु सम्पन्न भए । सर्वहारा वर्गले शस्त्र बलद्वारा इतिहासमा पहिलोपल्ट सत्ता कब्जा गरेको पेरिस कम्युन १८७१ मा सम्पन्न भयो । यसले विश्व कम्युनिस्ट आन्दोलनका लागि ठुलो आधार तयार ग¥यो, मजदुर वर्गले आफुमा भएको शक्ति र क्षमताको राम्रोसँग परिचय दियो । यसका साथै माक्र्सको नेतृत्वमा पहिलो अन्तर्राष्ट्रियको पनि यसै अवधिमा गठन भयो ।
दोस्रो कालखण्ड (१८७२–१९०४) तुलनात्क रुपमा शान्तिपूर्ण विकासको काल रह्यो । रुस र केही देशहरुमा क्रान्तिकारी आन्दोलन त उठे, तर विश्वव्यापी रुपमा विचार गर्दा तुलनात्मक रुपमा शान्तिपूर्ण काल रह्यो । यस अवधिमा संसारका विभिन्न देशमा सर्वहारा वर्गका पार्टीहरु गठन भए, कम्युनिस्ट पार्टीहरु बने ।
तेस्रो कालखण्डमा विश्वको सबैभन्दा ठुलो देश रुसमा १९१७ मा अक्टुबर क्रान्ति सफल भयो । यसको सामान्यतया विश्वव्यापी रुपमा र विशेषतः एशिया महादेशका देशहरु– चीन, भियतनाम, कोरिया, कम्बोडिया, लाओस आदि देशहरुमा धेरै ठुलो प्रभाव प¥यो । माक्र्सवादले गुणात्मक र दोस्रो चरणको विकास ग¥यो । माक्र्सवाद दोस्रो चरणको विकासपछि माक्र्सवाद–लेनिनवादमा विकसित भयो । स्तालिनले लेनिनवादलाई सर्वहारा क्रान्ति र साम्राज्यवादी युगको माक्र्सवाद भन्ने व्याख्या प्रस्तुत गरे ।
उपरोक्त देशहरुमा माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने त्यहाँका कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्तिहरु सफल भए । सन् १९४९ मा चिन कम्युनिस्ट पार्टीको नेतृत्वमा संसारै हल्लाउने नयाँ जनवादी क्रान्ति सफल भयो । सन् १९५६ मा चिनले समाजवादी व्यवस्थामा फड्को हान्यो । विश्व नै समाजवादमय, कम्युनिस्टमय बनेजस्तो भयो ।
यो परिस्थितिको विपरीत यसै समयमा रुसमा त्यहाँको कम्युनिस्ट पार्टीको महासचिव ख्रुश्चेवको नेतृत्वमा प्रतिक्रान्ति भयो र समाजवादी रुसमा पुँजीवादको पुनस्र्थापना गरियो । त्यसको नकारात्मक प्रभाव चिनमा पनि प¥यो । चिन कम्युनिस्ट पार्टीभित्रका पुँजीपन्थीहरुले चिनमा पनि रुसकै जस्तो पुँजीवादको पुनस्र्थापना गर्ने ठुलो प्रयास गरे । पार्टीभित्र भीषण दुईलाइन संघर्ष चल्यो ।

सन् १९६६ देखि माओको नेतृत्वमा चीन कम्युनिस्ट पार्टीले महान सर्वहारा साँस्कृतिक क्रान्तिको प्रारम्भ ग¥यो । पार्टीभित्रका पुँजीपन्थीहरु पराजित भए । कतिपयले महान सर्वहारा साँस्कृतिक क्रान्तिलाई चिन कम्युनिस्ट पार्टीभित्रका पुँजीपन्थीविरुद्धको अभियानका रुपमा बुझ्ने र व्याख्या गर्ने गरेका छन् । यसको उद्देश्य पुँजीपन्थीहरुलाई पराजित गर्नु मात्र थियो भन्ने गर्दछन् । वास्तवमा यो बुझाइमा त्रुटी रहेको छ । महान् सर्वहारा साँस्कृतिक क्रान्तिले पुँजीपन्थीहरुलाई पराजित गरेको कुरा सत्य हो, तर यसको उद्देश्य त्यत्ति मात्र थिएन । स्वयम् माओले यसको उद्देश्य ‘विश्व दृष्टिकोणको समस्या समाधान गर्ने हो’ भनी स्पष्ट पार्नुभएको छ ।

कतिपयले सर्वहारा साँस्कृतिक क्रान्तिलाई चिनको आन्तरिक मामिला भन्ने विश्लेषण गरेको पाइन्छ । परन्तु, महान सर्वहारा साँस्कृतिक क्रान्ति समाजवादी समाजमा पनि वर्ग संघर्ष जारिराख्नु पर्दछ भन्ने सिद्धान्तमा आधारित छ । चिनको आन्तरिक मामिला मात्र नभएर यो सार्वभौमिक सिद्धान्त हो । यो सिद्धान्त माक्र्सवाद–लेनिनवादको विकासमा माओको महत्वपूर्ण योगदान हो । यसरी समग्रमा माओले माक्र्सवाद–लेनिनवादलाई तेस्रो र गुणात्मक रुपमा माथि उठाउनु भयो र सर्वहारा वर्गको सिद्धान्त अझ उच्चस्तरमा विकास गरेर माक्र्सवाद–लेनिनवाद–माओवाद बन्न पुग्यो । यो झन् समृद्ध र सर्वहारावर्ग र उत्पीडित जनताको झन् शक्तिशाली हतियार बन्न पुगेको छ । माओवादको मूल्याङ्कन माक्र्सवाद–लेनिनवाद–माओवाद जिन्दावाद ! भन्ने दस्ताबेजले निम्न अनुसार गरेको छ, “…माओवाद केवल माओका महान योगदानहरुको योगफल मात्र होइन । यो त माक्र्सवाद–लेनिनवादको विस्तृत र चौतर्फी विकास गरेर नयाँ र उच्च चरणमा पुगेको विषय हो । माक्र्सवाद–लेनिनवाद–माओवाद एउटा अविभाज्य समग्रता हो । यो त कार्लमाक्र्स, भिआइ लेनिन र माओत्सेतुङले सर्वहारा वर्ग र मानव जातिले वर्ग संघर्ष, उत्पादनका निम्ति संघर्ष र वैज्ञानिक प्रयोगको अनुभवका आधारमा नयाँ चरणमा संश्लेषित र विकसित माक्र्सवादबाट माक्र्सवाद–लेनिनवाद र त्यसबाट माक्र्सवाद–लेनिनवाद–माओवाद सर्वहारावर्गको विचारधारा हो ।” (उपरोक्त)।
उक्त दस्ताबेजमा अझ अगाडि भनिएको छ, “यो त्यस्तो अजेय हतियार हो, जसले सर्वहारा वर्गलाई यो संसारलाई बुझ्न र क्रान्तिद्वारा बदल्नका निमित्त योग्य बनाउँछ । माक्र्सवाद–लेनिनवाद–माओवाद सार्वभौमिकरुपमा लागु हुने, जीवन्त र वैज्ञानिक सिद्धान्त हो, क्रान्ति गर्नका लागि लागु गर्दा तथा सामान्यतया मानव जातिले हासिल गरेको ज्ञानका आधारमा निरन्तर विकास र अझ समृद्ध बनाइरहन्छ । माक्र्सवाद–लेनिनवाद–माओवाद सबै किसिमका संशोधनवाद र जड्सूत्रवादको दुस्मन हो । यो सर्वशक्तिमान छ किनभने यो सत्य छ ।” (उपरोक्त) ।

कतिपय माओवादी संगठनले कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्त– माक्र्सवाद–लेनिनवाद–माओवाद, मुख्यतः माओवाद भन्ने पदावलीको प्रयोग गर्नुपर्ने बताउँछन् । तर, त्यसोगर्दा माक्र्सवाद–लेनिनवाद मुख्य होइन भन्ने अर्थ लाग्न सक्दछ, जुन कुरा गलत हो । लेनिनवादको विकासको जग र आधार माक्र्सवाद हो, माओवादको जग र आधार माक्र्सवाद–लेनिनवाद हो । माक्र्सवाद–लेनिनवाद–माओवादको विकास चौथो चरणमा पनि हुन सक्ला, त्यतिबेला पनि माक्र्सवादको महत्व र आवश्यकता रहिरहने छ ।

माओवादीबाट

प्रतिक्रिया

सम्बन्धित खवर