वर्तमान स्थिति र पार्टीका अभिभारा

प्रकाशित मिति : २०७६ श्रावण १०

- पुष्पगोपाल श्रेष्ठ


वैज्ञानिक दृष्टिकोण भनेको ‘तथ्यको अधारमा सत्य खोज्नु’ हो र घमण्डसाथ आफुलाई अचूक ठान्ने र सबैलाई भाषण दिंदै हिँड्ने बानीबाट कहिल्यै कुनै समस्याको टुङ्गो लाग्न सक्दैन । हाम्रो देश माथि आइपरेका विपतिहरु ज्यादै गम्भिर छन्, वैज्ञानिक दृष्टिकोण तथा जिम्मेवारीको भावना लिएर मात्र हाम्रो देशलाई मुक्तिको बाटोतिर लान सकिने छ । सत्य एउटै मात्र छ, र कसैले सत्य फेला पारेको छ वा छैन भन्ने कुरा मनोगत अहंकारमाथि होइन तर वस्तुगत व्यवहारमाथि भर पर्छ । लाखौं करोडौं जनताको क्रान्तिकारी व्यवहार नै सत्यको एक मात्र कसी हो ।

हाम्रो दशकौं लामो क्रान्तिकारी संघर्षको अभिप्राय के हो भने हामी कम्युनिष्टहरुको उद्देश्य चाहिँ नेपाल राष्ट्रको निम्ति नयाँ समाज र नयाँ राष्ट्रिय व्यवस्थाको निर्माण गर्नु हो । त्यस नयाँ राज्य व्यवस्थामा नयाँ राजनीति र नयाँ अर्थ–व्यवस्था मात्र होइन तर नयाँ संस्कृति पनि हुनेछ । अर्को शब्दमा, हामी राजनैतिक रुपले उत्पीडन र आर्थिक रुपले शोषित नेपाललाई राजनैतिक रुपले स्वतन्त्र र आर्थिक रुपले समृद्धिशाली नेपालमा फेर्न मात्र होइन र पूरानो संस्कृतिको प्रभुत्व अन्तरगत अज्ञान र पिछडिएको अवस्थामा रहेको नेपाललाई पनि प्रवुद्ध र प्रगतिशील नेपालमा फेर्न चाहन्छौँ । छोटकरिमा, हामी नयाँ नेपालको निर्माण गर्न चाहन्छौँ । सांस्कृतिक क्षेत्रको हाम्रो उद्देश्य नयाँ नेपाली राष्ट्रिय संस्कृतिको निर्माण गर्नु हो ।
माक्र्सले भन्नुभएको छ, ‘मानिसको चेतनाले उस्को अस्तित्व निर्धारित गर्दैन तर यसको उल्टो मानिसको अस्तित्वले नै उसको चेतनालाई निर्धारित गर्दछ ।’ उहाँ यसो पनि भन्नुहुन्छ ‘अझसम्म दार्शनिकहरुले विभिन्न किसिमले संसारको बिवेचना मात्र गरेका छन् तर गाँठी कुरा त संसारलाई फेर्नु हो ।’ यसरी के कुरा एकदम प्रष्ट छ भने हामीले नष्ट गरेर नयाँ निर्माण गर्न खोजेका नेपालको पुरानो राष्ट्रिय संस्कृतिका प्रतिक्रियावादी तत्वहरु नेपालको पुराना राष्ट्रिय संस्कृति नेपालको नयाँ राजनीति र अर्थ व्यवस्थासँग अभिन्न रुपले गाँसिएको छ । नेपालको पूरानो राजनीति र अर्थ व्यवस्था पूरानो संस्कृतिको जग बनेको छ, त्यसैगरी नयाँ राजनीति र अर्थ–व्यवस्था नयाँ संस्कृतिको जग बन्ने छ ।
इतिहांसले हाम्रो सामु जुन क्रान्तिकारी अभिभारा प्रस्तुत गरेको छ, त्यसको केन्द्रीय तथा मूल चीज जनवादको प्राप्ति हो । तब के जनवादमाथि जोड दिनु गलत हो त ? मलाई लाग्छ त्यसो गर्नु गलत होइन । एउटा महान क्रान्तिको मार्गदर्शनका लागि एउटा महान क्रान्तिकारी पार्टी र अब्बल दर्जाका धेरै कार्यकर्ताहरुको खाँचो पर्छ । लगभग साधेतिन करोड जनसंख्या भएको नेपालमा यदि नेतृत्व एउटा सानो, साँगुरो गूटको हातमा रहन्छ भने र यदि पार्टीका नेता र कार्यकर्ताहरु क्षुद्र बुद्धिका, अदुरदर्शी र अयोग्य छन् भने इतिहासमा अभूतपूर्व हाम्रो महान क्रान्तिलाई पूरा गर्न असंभव हुन्छ ।
त्यसो त पार्टीमा असल नेता र कार्यकर्ताहरु नभएका होइनन् तर त्यसको संख्या पर्याप्त छैन । मुलुक भरी हाम्रा पार्टी–संगठनहरुलाई अरु विस्तारित गर्नुपर्छ र हामीले सचेत रुपमा हजारौं कार्यकर्ताहरु र अब्बल दर्जाका सयौं नेताहरुलाई प्रशिक्षित पार्नुपर्छ । यी कार्यकर्ता नेताहरु माक्र्सवाद लेनिनवाद माओवादमा पोख्त, राजनैतिक दृष्टिले दुरदर्शी, काममा दक्ष, आत्मबलिदानको भावनाले परिपूर्ण, स्वतन्त्र रुपले समस्याहरु हल गर्न समर्थ, कठिनाई आइपर्दा अडिग र राष्ट्र, वर्ग तथा पार्टीको सेवामा समर्पित तथा इमान्दार हुनुपर्छ । यस्ता कार्यकर्ता र नेताहरुमाथि भरोसा राखेर नै पार्टीले आफ्ना सदस्यहरु र आमजनता सित सम्बन्ध स्थापना गर्छ र आमजनतामा उनीहरुको दरो नेतृत्व माथि भरोसा राखेर नै पार्टीले शत्रुलाई पराजित गर्न सक्छ ।
क्रान्तिकारीहरुले भुलेर पनि भुल्न नहुने कुरा भनेको देखिने शत्रु भन्दा नदेखिने शत्रु बढी खतरनाक हुन्छन् अर्थात पार्टीभित्र क्रान्ति विरोधि तत्वहरु लुकिछुपी क्रान्तिकारी भेषमा पार्टीभित्र छिरेर (पसेर) पद र प्रतिस्था ओगति, सैद्धान्तिक ब्याख्या र विश्लेषण र चर्को भाषण छेड्न (गर्न) सिपालु हुन्छन् तर कार्यविधि भने भित्रभित्रै नजानिन्दो पाराले क्रान्तिकारी धारलाई आफुले भ्याएसम्मको जुक्तिलगाई पुुरै पायरलाईज बनाउँदै जाने प्रबृत्ति बोकी बसेका त्यस्ता छुपेरुस्तमहरु जोकोही किन नहोस्, त्यस्ता दुसकर्मिहरुलाई समय् छँदै बिना अपवाद छानिछानी निर्मूल पारी पठाउनु नितान्त जरुरी छ, अन्यथा त्यस्ता दुसकर्मिहरुले पार्टीको क्रान्तिकारी अभियान (क्रान्तिकारी संघर्ष) लाई पूर्ववत दुरुघटना नहोह¥याउला भन्न सकिन्न । तसर्थ यस मामलामा सच्चा क्रान्तिकारी कम्युनिष्टहरु चनाखो बन्नै पर्छ ।
नेपालको वर्तमान स्थिति पार्टी एकताको भ्रम फिजाई, नक्कली राष्ट्रवादको नाउँमा सोझा सिधा जनताको भोट बटुली, दलाल र नोकरशाही पूँजीपतिवर्गको लगानी र विदेशी प्रतिक्रियावादी शक्तिहरुको आर्शिवादबाट बनेको वर्तमान कम्युनिष्ट नकावधारी सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा घन्काएर आज देशमा जनजीवीकाका समस्याहरु जतिल पार्दै महङ्गी, भ्रष्टाचार, कालो बजारी, कमिसनतन्त्र, बिचौलियातन्त्र, भूमाफियातन्त्र र युवा–वेरोजगार जस्ता समस्याले आक्रान्त बन्दै गएको नेपाली समाजमा जनतामाथि कम्मरै भाँच्ने खालको कर लाड्न आफैले निर्माण गरेको संविधानलाई नै रद्दीको टोकरीमा फ्याँकेर जनतामाथि मनपरी ढङ्गले करलाडेर समाजवादको हौवा खडा गरिरहेका छन् र दंगा, फसादको स्थिति सिर्जन गर्न जोरजुलुमले लागि परिरहेका छन् ।
त्यसैगरी, तत्कालीन बृटिस साम्राज्यवादले चिनमा अफिम युद्ध लाडे झैँ गरी आतताई भारतीय विस्तारवादले अहिले नेपालमा विषादी युद्ध लाड्न ल्याइ पु¥याएको छ । भारतीय विस्तारवादका लाचार छाँया ओली नेतृत्वको वर्तमान सरकारले अत्यन्तै सहज ढङ्गले खुलेयाम जन–हत्याराको रुप धारण गरी भारतीय विस्तारवादको डाडागिरी सामु नतमस्तक बनी घुँडगा टेकेर, भन्सार विन्दुमा गत असार २ देखि क्यारेन्टाईन र जीवनाशक विषाधिको अवशेष अनिवार्य परिक्षण गर्ने नीति कार्यान्वयनलाई खारेज गरी भारतीय विषाधियुक्त तरकारी तथा फलफुल आयातमा खुल्ला गरी निर्वाध रुपले भित्र्याई आम जनतालाई मृत्युको मुखमा धकेल्ने दुःसाहस गर्न पुगेका छन् । यसको घोर विरोध मात्र होइन, यस्तो जनविरोधि व्यवस्थालाई नै ध्वष्ट पारी नयाँ जनवादी व्यवस्था ल्याउन कम्मर कस्नै पर्छ ।
आतताई भारतीय विस्तारवादलाई बारम्बार यसरी खुल्ला रुपले नेपालको राष्ट्रिय स्वाधिनता माथि नाङ्गो हस्तक्षेप गर्न हौसल्याउने आधार स्टम्भ भन्नु नै नेपालमा कायम रही आएको दलाल नोकरशाही पूँजीवादी अर्ध–औपनिवेशिक, नवऔपनिवेशिक तथा अर्ध–समन्ति समाज नै हो । यो व्यवस्था पूर्णतया साम्राज्यवाद, विस्तारवाद र देशी विदेशी प्रतिक्रियावादीहरुको स्वार्थ अनुरुप गठित व्यवस्था हो । तसर्थ यस व्यवस्थालाई भट्काउनु नै पर्छ ।
हामी स्वाभिमान नेपालका नेपाली विरविराङ्गनहरुका वीर सन्तति हौँ । हाम्रो सरिरमा संचालन भइरहेको रगतको कनकनमा अहिले पनि राष्ट्रिय स्वाभिमान युक्त रगत संचार (कुदिरहेको) भइरहेका छन् । र आजसम्म हाम्रा वीर पुर्खाले कोही कसैको सामु निमुखाभई सिर निहुराएर आफ्नो जीवन रक्षाको भिख मागेको इतिहांस छैन । बरु यसको उल्टो आफ्नो प्राण भन्दा प्यारो स्वाभिमान नेपाल माथि हैकम जमाउने दुसप्रयासमा लागि आएका जो कोहीलाई पनि मू–टोड जवाफ दिएर धुलोचताई पठाएको जिउँदो इतिहांस छ ।
यस्तो स्वतन्त्र स्वाभिमान नेपालका नेपालीहरु बिच त्यस्ता निरिह दुराचार्य जनहत्यारा देशद्रोहिहरु कहाँबाट कुन दुलोबाट उत्पन्न भएछ ? जस्को कारण आज हाम्रो प्राण भन्दा प्यारो नेपाल राष्ट्र र त्यस गौरवशाली देशका अमर वीरवीरङ्गनहरुको इतिहांसमा धज्जि उदाउने दुसप्रयास स्वरुप, ती आतताई भारतीय विस्तारवादले हाम्रो पुन्ने भूमि नेपालमाथि जवरजस्त विषादि युद्ध लाड्न ल्याउनुलाई, निकम्वा यी आत्मसमर्पणवादीहरुको बाहुल्यता भएको केपी ओली नेतृत्वको वर्तमान सरकारले, नेपालको गौरवशाली विश्व इतिहासमा कालो धब्बा लगाउने जमर्को गरी भारतीय डाडागिरी सामु पुरै उतानो परी राष्ट्रिय स्वाधिनतामाथि जघन्य अपराध गर्न पुगेका छन् । तर, यो कुनै पनि स्वाभिमानि नेपालीको निम्ति मान्य (सैह्य) हुन सक्तैन मात्र होइन, यस अर्थमा प्रत्येक स्वाभिमानि नेपालीले आफ्नो दुवै हातमा दही जमाएर बस्दैनन् र स्वाभिमानी नेपालीहरु इँटको जवाफ पठरले दिन जानेका छन् ।
नेपालको राष्ट्रिय स्वाधिनता र स्वाभिमानि नेपालीहरुको हित विपरित विदेशि साम्राज्यवाद, विस्तारवाद र देशि विदेशी प्रतिक्रियावादीहरुको हितार्थ गठित दलाल पूँजीवादी अर्ध–औपनिवेशिक, नवऔपनिवेशिक तथा अर्ध–सामन्ति समाजलाई पूर्ण रुपले ध्वष्ट पार्नै पर्छ र ध्वष्ट पारी नयाँ जनवादी राज्य–व्यवस्था कायम गर्नु आजको आवश्यक्ता प्रति मध्यनजर राख्दै, नेपालको गरिमामय इतिहांस र स्वाभिमानी, स्वतन्त्रकामी, न्यायप्रेमी नेपाली मात्रको चाहनालाई जीवित राख्न मरिमेट्न तयार नेपालमा असंगठित रुपले छरिएर रहेका आम नेपाली जनसमुदायलाई संगठित गर्नुको सँगै सिंगो नेपालका सबै क्रान्तिकारी पार्टी र देशभक्त नेपालीहरुलाई एकतावद्ध पारी आजको आवश्यक्ता अनुरुप सशस्त्र जनविद्रोह (नयाँ जनवादी क्रान्ति) मा जुझारु ढङ्गले उत्रिन र उतार्न पहल गर्नु प्रासङ्गिक थहर छ मात्र होइन, अपितु, यस कार्यमा दिलोजानले लागेर कामतमाम गर्नु क्रान्तिकारी कम्युनिष्टहरुको दायित्व पनि हो र यो आजको राष्ट्रिय आवश्यक्ता पनि हो ।

२०७६÷३÷३१
ताहाचल, काठमाडौँ