काठमाडौं । नेपाल दलित मुक्ति मोर्चा, नमोबुद्ध नगरपालिकाको २ नम्बर वडाको प्रथम भेला सम्पन्न भएको छ । बुधवार सम्पन्न भेलाले सृजना कटुवालको संयोजकत्वमा १९ सदस्यीय वडा समिति गठन गरेको छ । दलित तथा उत्पीडित समुदायमाथि हालसम्म पनि विभेद कम नभएको अवस्थामा नेकपा (क्रान्तिकारी माओवादी) निकट नेपाल दलित मुक्ति मोर्चाले यो प्रथम भेला सम्पन्न गरेको हो ।

हार्दिक शुभकामना !

गठित समितिका सदस्यहरुमा क्रमशः केशव कटुवाल, सागर कटुवाल, मनिषा कटुवाल, सुदर्शन कटुवाल, रमिला कटुवाल, साईला कटुवाल, टीकाबहादुर कटुवाल, शिव कटुवाल, वसन्ती कटुवाल, कल्पना कटुवाल, मनिषा कटुवाल, सुनिल कटुवाल, रामकुमार कटुवाल, उमा कटुवाल, सुना कटुवाल, राजेश कटुवाल, सानू परियार र रमेश परियारलाई चयन गरेको छ ।

प्रमुख अतिथि नेपाल दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष नारायण रिजालले यो सरकारले दलित तथा उत्पीडित समुदायलाई अधिकार दिन नसक्ने हुदा नयाँ जनवादी क्रान्ति आवश्यक रहेको बताएका थिए । भेलामा मोर्चाका जिल्ला सदस्य क. दिपेन्द्र रम्तेलको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर