काठमाडौं । सदनमा रहेको आफ्नो दुईतिहाइको दम्भ सदनमा नै चकनाचुर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सदन छलेर आफ्नो धारणाराख्न सदन बाहिर आए । प्रधानमन्त्रीको कार्यकक्षमा नै पत्रकार भेटघाट गरे । गुठी विधेयक फिर्ता भएको जनाउ दिए । तर पनि गुठी विधेयकका विरुद्धमा चलेको संघर्ष जारी रहने संयुक्त संघर्ष समितिले जनाएको छ । असार ४ गतेको पूर्व निर्धारित प्रतिरोध सभा माइतिघर मण्डलामा नै हुने भएको छ ।

हार्दिक शुभकामना !

संघर्ष समितिका अनुसार गुठी विधेयक फिर्ताको सरकारी जानकारी विश्वसनीय नभएको र तथानाम बोलिरहने सञ्चारन्त्रीको राजीनामा नआउन्जेल जारी रहने छ । सञ्चार मन्त्री गोकुल बास्कोटाले गुठी भनेको सामन्तवाद र गठीयारहरु सामन्ती भएको कुरा जोरस्वरले उचालिरहेका छन् । बास्कोटाले गुठी विधेयकले यी सामन्त तथा सामन्ती व्यवस्थालाई तह लगाउने तर्क गरेका छन् ।

सञ्चारमन्त्रीले गुठी विधेयकका विरुद्धमा उठेको आन्दोलनलाई बल प्रयोग गरेर तह लगाउने आशय प्रकट गरेकाले उनको राजीनामा नआउँदासम्म गुठी आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर