काठमाडौं । क्रान्तिकारी युवा लिग, बागलुङको जिल्ला भेला शुक्रवार बरेङ गाउँपालिकामा भव्य रुपमा सम्पन्न भएको छ । भेलाले विक्रम थापाको अध्यक्षातमा २३ सदस्यीय जिल्ला समिति चयन गरेको छ । आषाढ ६ र ७ गते मकवानपुरमा सम्पन्न हुन गइरहेको क्रान्तिकारी युवा लिगको राष्ट्रिय सम्मेलनलाई मध्यनजर गरेर जिल्ला तथा प्रदेश भेला तथा सम्मेलनहरुलाई देशव्यापी रुपमा लगिएको छ ।

हार्दिक शुभकामना !

भेलाबाट निर्वाचित अन्य पदाधिकारीहरुमा हेमन्त बिक उपाध्यक्ष, आकाश काला सचिव र कोषाध्यक्षमा तिलक गुरुङ रहेका छन् । निर्वाचित समितिको वैठक बसी आगामी कार्यक्रमका एजेण्डाहरुमाथि छलफल गरी कार्यविभाजनसमेत गरेको जनाइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि क. रामसिंह श्रीस, अतिथिहरुमा क. परि थापा, क. निलबहादुर पुन, क. हेमेन्द्र घर्तीमगरको उपस्थिति रहेको थियो । प्रमुख अथिति क. रामसिंह श्रीसबाट नयाँ जनवादी क्रान्तिमा युवाहरुको भूमिका विषयमा प्रकाश पार्ने काम भएको थियो भने अतिथि क. परि थापाबाट देशको समसामयिक राजनीति तथा अन्तर्राष्ट्रिय अवस्थाबारे प्रकाश पारिएको थियो ।

पूर्ण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन सञ्चालन विक्रम थापा र स्वागत भाषण निलबहादुर पुनबाट गरिएको थियो ।
त्यसै गरी अखिल नेपाल जनसांस्कृतिक महासंघ बागलुङको गोविन्द कालामगरको अध्यक्षतामा १७ सदस्यीय समिति निर्माण भएको छ । सो समितिको उपाध्यक्षमा अमृता छन्तेललाइृ चयन गरिएको छ । त्यसै गरी अनेरास्ववियु (क्रान्तिकारी)को भेलाले अमृता छन्तेलको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्माण गरेको समाचार पनि प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर