अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको प्रथम राष्ट्रिय भेला भव्य रुपमा सम्पन्न

अध्यक्षमा ईश्वर तिमिल्सिना सर्वसम्मतिले निर्वाचित

प्रकाशित मिति : २०७६ असार १

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको प्रथम राष्ट्रिय भेलाले ईश्वर तिमिल्सिनाको अध्यक्षतामा नयाँ केन्द्रीय समिति चयन गर्दै भव्य रुपमा सम्पन्न भएको छ । महासंघको जेठ ३२ गते सम्पन्न बन्दसत्रले ईश्वर तिमिल्सिनाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । ७ जना पछि थप गर्ने गरी निर्माण गरिएको केन्द्रीय समितिमा हाल २८ जना रहेका छन् ।

निर्वाचित सदस्यहरुमा बालकुमार सुनार, सूर्य गिरी, विना बुढाथोकी, रंगवीर तामाङ, रमेश बोहोरा, संजय चौधरी, नरेन्द्र बञ्जाडे, राजु लामा, निशा राई, दिनेश थापा, रामकुमार दोङ, सुरेन्द्र राई, देवी गौली, उद्धव गुरुङ, दिनेश बर्तौला, कुमार घतानी, ढोगप्रसाद अधिकारी, कर्णबहादुर पुन, अर्जुनलाल श्रेष्ठ, नन्दु झा, वालकृष्ण बुढाथोकी, मोहन पहाडी, कृष्ण कट्टेल, ठाकुर तिमिल्सिना, बद्री चापागाईं, भीम काफ्ले र राजु भुजेल रहेका छन् ।

 

बन्दसत्रलाई मोहनसिंह तामाङको अध्यक्षतामा निशा राई र विजय तामाङ सदस्य रहेको तीन सदस्यीय अध्यक्षमण्डल चयन गरी अघि बढाइएको थियो ।

बन्द सत्रमा उपस्थित प्रतिनिधि तथा पर्यवेक्षहरुलाई ५ टिममा विभाजन गरी विधान तथा प्रतिवेदनमाथि छलफल गराइएको थियो । छलफलपछि सुझावहरु समेटेर विधान तथा प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो ।

त्यसपछि अध्यक्षमण्डलबाट नयाँ केन्द्रीय समितिको निर्वाचनका लागि प्यानल प्रस्ताव प्रस्तुत गरिएको थियो । केन्द्रीय समिति ३५ सदस्यीय रहने प्रस्ताव पारित गरिए पछि निर्वाचित सदस्यहरुमा सबै भन्दा जेष्ठ सदस्य कर्णबहादुर पुनको सभापतित्वमा प्रथम वैठक बसी ईश्वर तिमिल्सिनालाई अध्यक्षमा सर्वसम्मतिले चयन गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष ईश्वर तिमिल्सिनाले पद तथा गोपनियताको सपथ लिएलगत्तै नवनिर्वाचित केन्द्रीय समितिको तर्फबाट प्रतिवद्धता जाहेर गरेपछि शुभकामना मन्तव्य दिइएको थियो ।  अतिथि, महासंघका पूर्व अध्यक्ष तथा टेडयुनियन आन्दोलनका नेता दिनेश शर्मा र वामपन्थी नेता सीताराम तामाङले शुभकामना मन्तव्य दिएका थिए।