चितवन । जिल्लाको दलित आन्दोलनको स्थापित नेता तथा सरकारी नेकपाका सक्रिय कार्यकर्ता देवीलाल विश्वकर्मा र आशीराम महोतो उक्त पार्टी परित्याग गरी नेकपा क्रान्तिकारी माओवादीमा प्रवेस गरेका छन् । उनीहरुलाई क्रान्तिकारी माओवादीा जिल्ला पार्टी सेक्रेटरी हेमन्तले अविर लगाएर पार्टी प्रवेश गराउदै पार्टीका घोषित उद्देश्य पुरा गर्ने प्रक्रियामा उहाँहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
पार्टी प्रवेशको क्रममा देवीलाल विश्वकर्मा र आशिराम महतोले केपी–प्रचण्ड नेतृत्वको सरकारी नेकपा कम्युनिष्ट पार्टी नभएर दलाल, राष्ट्रघाती र तस्करहरूले चलाएको हुनाले सो पार्टी परित्याग गरेको बताए । उनीहरुले आगामी दिनमा नेकपा क्रान्तिकारी माओवादीमा आवद्व भएर राष्ट्र जनता र क्रान्तिको प्रक्रियामा निरन्तर लागिरहने प्रतिबद्धता जनाए । नेता देवीलाल विश्वकर्मा चितवन जिल्लाको दलित आन्दोलनका संस्थापक नेता रूपलाल विश्वकर्माका भाइ समेत हुन् । सो अवसरमा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।