काठमाडौं । अमेरिकामा राष्ट्रपति ट्रम्पले बुधवार ‘सूचनासञ्चार संकटकल’ घोषणा गरेका छन् । चिनियाँ व्यापार कम्पनी हुआवेईको वैश्विक र विसाल सञ्चार व्यापार नेटवर्कले अमेरिकी व्यापार बजार त के सुरक्षाका गम्भीर संकटहरु पनि थेग्न नसक्ने भएपछि आफूले संकटकाल लगाउन बाध्य भएको राष्ट्रपति ट्रम्पले बताएका छन् ।
अमेरिकाले कर छली रोक्न र विदेशी हस्तक्षेप नियन्त्रण गर्न अमेरिकी व्यापार नेटवर्कलाई अमेरिकी ‘व्युरो अफ इन्डस्ट्री एण्ड सेक्युरिटी’ (बीआईएस्) सँग प्रत्यक्ष जोडेको छ । सुरक्षा व्युरोसँग प्रत्यक्ष जोडिएको र त्यसैसँग हुआवेइको अथाह विसाल टेली कम्युनिकेसन व्यापार नेट वर्क जोडिएकाले अमेरिकाले आफ्ना सुरक्षासम्बन्धी गतिविधि पनि चीनले नियालिरहेको हुन सक्ने चिन्ताका साथ यो संकटकाल लगाउनु परेको बताएको छ ।
अमेरिकी कुनै पनि कम्पनी वा व्यापारीले बीआईएस्मा नपुगिकन विदेश व्यापारमा पहुँच पाउँदैनन् । त्यसैले अहिले जारी गरिएको आईटी संकटकाल अमेरिकाको आफ्नै कारणले लगाइएको हो ।
बिआईएस्ले गरेको निवेदनलाई ट्रम्पले शीरोधार्य गरेर यस्तो खालको निर्णय गरेका हुन् भन्ने कुरा पछिल्लो पटक आएर सार्वजनिक हुन पुगेको छ । बीआईएस्का अनुसार पहिलो कुरा त अमेरिकामाथि आइपरेको सुरक्षा खतरालाई यो संकटकालले टार्ने छ र, देस्रो कुरा, व्यापारका लागि अर्को विकल्पको सिर्जना गराउने साथै चिनियाँ व्यापार युद्धमा अमेरिकीहरुलाई यसले सहयोग पुर्याउने छ ।
उता चिनियाँ व्यापारीहरु भने यी सबै ट्रम्पका बहानाबाजी मात्र भएका र अमेरिका आफैले चीनविरुद्ध सुरु गरेको व्यापार युद्धलाई थप तनावतिर धकेल्न खोजिरहेको मात्र हो भनी तर्क गरिरहेका छन् । उनीहरुको भनाइ छ, ट्रम्प र अमेरिकी उद्योगपति तथा व्यापारीहरुको समयमा नै बुद्धि फिरोस् किनकि अमेरिकीहरुले चिनियाँभन्दा गुणस्तरयुक्त र सस्तो सामानहरु विश्व बजारमा कहींबाट पनि पाउने छैनन् ।