कामिरिता शेर्पा २३ औं पटक सगरमाथा चुचुरोमा

कामिरिता शेर्पा २३ औं पटक सगरमाथा चुचुरोमा

काठमाडौं । नेपालका प्रख्यात हिमाल आरोही कामिरिता शेर्पाले २३औं पटक सगरमाथाको सफल आरोण गरेका छन् । उनले यस अघिको आफ्नो २२औं पटक आरोहण गरेको विश्व रेकर्डलाई ‘ब्रेक’ गरेका छन् ।

शेर्पाले बुधवार बिहान ७ बजेर ५० मिनेट जाँदा उक्त सफल आरोहण गरेका थिए । रातभरको कठीन यात्रा पश्चात् शेर्पाको टिम सगरमाथाको चुचुरोमा पुग्न सफल भएको थियो ।

२३औं पटक सगरमाथाको चुचुरोमा सफल आरोहण गर्ने ४९ वर्षिय शेर्पाले सन् १९९४ देखि सन् १९१९ सम्म २३औं पटक चुचुरो चुम्न सफल भएका छन् । उनी हालका वरिष्ठ पर्वतारोही हुन्

पर्वतारोहण विदेशीहरुका लागि सौखको विषय हो भने नेपालीहरु र त्यसमा पनि शेर्पा गाइडहरुका लागि जीवनको राजीरोटी र बाध्यताको कुरा हो । सानैदेखि हिमालय र हिंउँसँग परिचित शेर्पाहरु नै अहिलेसम्मका सगरमाथा र अन्य हिमाल आरोहण दलका गाइड हुने गरेका छन् ।
गाइडका रुपमा गएका कतिपय शेर्पाहरुले हिमालमा आफ्नो ज्यान पनि अर्पण गरेका छन् । यो जीवनमरणको खेलमा २३ औं पटकसम्म उत्तीर्ण हुँदै आएका कामीशेर्पा उमेरले साथदिंदासम्म आफूले २५ औं पटकसम्म सगरमाथा आरोहण गरी विश्राम लिने बताएका छन् ।