देशैभर भव्य रुपमा मनाइयो १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस (फोटो फिचरसहित)

देशैभर भव्य रुपमा मनाइयो १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस (फोटो फिचरसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले काठमाडौं लगायत देशैभर भव्य रुपमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ ।

प्राप्त समाचार अनुसार महासंघको केन्द्रीय समितिको आयोजनामा काठमाडौंमा ¥यालीसहित सभा सम्पन्न गरेको छ । सुन्धराबाट निकालिएको ¥याली त्रिपुरेश्वर, थापाथली हुँदै ललितपुरको कुपण्डोल कार्यालयमा पुगेर सभामा परिणत भएको थियो । सभाको अध्यक्षता महासंघका केन्द्रीय संयोजक इश्वर तिमिल्सिनाले गरेका थिए भने सञ्चालन दिनेश वर्तौलाले गरेका थिए । सभालाई प्रमुख अतिथिको रुपमा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस र विशेष अतिथिको रुपमा पार्टीका पोलिटव्यूरो सदस्य तथा महासंघका फ्र्याक्सन इन्चार्ज दिनेश शर्माले गरेका थिए ।

सभामा मजदुर नेताहरु बद्री चापागाई, देवी गौली, दिनेश थापा लगायतले पनि मन्तव्य राखेका थिए ।

सभामा पार्टीका पिविएम कमल चौधरी, केसहरु हुकुमबहादुर सिंह, सुरेश श्रेष्ठ, कुमार शाह, शारदा महत, बसन्त बोगटी लगायतको उपस्थिति रहेको थियो ।

सभामा स्वागत मन्तव्य कुमार घतानीले गरेका थिए ।

त्यसैगरी बुटवलबाट प्राप्त समाचार अनुसार अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ जिल्ला समिति, रुपन्देहीले बुटवलमा १३० औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाएको छ । कार्यक्रमलाई पार्टीका पोलिटव्यूरो सदस्य प्रेम सुवेदी, केन्द्रीय सदस्य पिताम्बर आचार्य, नेता लक्ष्मीकान्त पौडेल, देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल, रुपन्देहीका अध्यक्ष आरपी शर्मा पोख्रेल, पार्टीका जिल्ला सचिव मणी, मजदुर नेता भीमलाल काफ्ले, महिला नेतृ कमला गौतम लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम महासंघका जिल्ला अध्यक्ष राजु भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यसैगरी सातवटै प्रदेशका जिल्लाहरुमा विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाइएको छ । चितवनमा भने ¥यालीसहित सभा सम्पन्न गरिएको समाचार छ ।

मजदुर दिवसकै अवसरमा बर्दियामा महासंघको प्रथम जिल्ला भेला सम्पन्न गरिएको छ । भेलाले देवीराम आचार्यको सयोजकत्वमा ११ सदस्यीय जिल्ला कमिटि निर्माण गरेको छ । रौतहट, सप्तरी, कास्की लगायतका जिल्लाहरुमा पनि भव्य कार्यक्रम भएको समाचार छ ।