२०७२ बैशाख १२ गते शनिवार गोेरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ठूलो भूकम्प गयो । फर्के हेर्दा आज त्यो भूकम्प गएको पनि चार वर्ष भैसकेछ । वारपाक केन्द्रविन्दु भएको त्यो भूकम्प ७.८ रेक्टर स्केलको थियो । नेपालमा गएका भूकम्पहरुमध्ये ठूलै भूकम्प भएका कारणले त्यसका पराकम्पहरु अहिलेसम्म पनि गइरहेका छन् ।
त्यसको केही दिनपछि बैशाख २९ मै ६.९ रेक्टर स्केलको भूकम्प थपियो । मानिसहरु यति धेरै अत्तिए कि उनीहरुले त्यो भूकम्पलाई १९९० सालको भूकम्पसित तुलना गर्नथाले ।
यो भूकम्पबाट ८,९९० जनाको मृत्यु भएको थियो । संकलित तथयांक अनुसार बाईस हजार मानिसहरु गम्भीर घाइते भएका थिए । तथ्यांक बोलिरहेको छ– एक सय उनान्सय मानिस भेटिएका छैनन् । दशलाख मानिसहरु घरपरिवार विहिन हुन पुगेका थिए ।
संचार सम्पर्क नभएको, धुले पहिरो गएका,े बाटाघाटो बिग्रिएको विश्व सम्पदाको सूचीमा परेका पुरातत्विक महत्वका धरहरा, काष्ठमण्डप, बसन्तपुर, पाटन, भक्तपुर दरबार स्क्वायर, रानीपोखरी आदि काम नै नलाग्ने गरी निशाना सम्म बाँकी रहेका थिए ।
सबै भन्दा धेरै त गोरखाको बारपाक नै यसको निशानामा परेको थियो । भूकम्पको केन्द्रविन्दुमा परेर नष्ट भएको बारपाक हाल अलि केही भिन्न स्वरुमा निर्माण त भएको छ । ढुंगामाटाले बनेका घरका ठाउँमा सिमेन्ट र छड त प्रयोग भएका छन् । तर ती बारपाकी जनताकै भाषामा ढुक्क भएर बस्ने आवासहरुका रुपमा निर्माण भएका छैनन् ।
भनिन्छ, भूकम्प प्रतिरेधी घर तथा भवनहरुको नक्शा त भर्खरै पो बनिहेको छ रे ! धन्न ओली सरकार !!