नेकपा (क्रान्तिकारी माओवादी) कैलालीले मनायो लेनिन जयन्ती

प्रकाशित मिति : २०७६ बैशाख १०

- धनन्जय अवस्थी

कैलाली । नेकपा (क्रान्तिकारी माओवादी) कैलालीले ७१ औं कम्युनिष्ट पार्टी स्थापना दिवस तथा १५० औं लेनिन जयन्ती कैलालीको अत्तरीयामा एक कार्यक्रमका बीच भव्य रुपमा मनाएका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) का कैलाली कञ्चनपुरका नेता कार्यकर्ताहरुले कैलालीको अत्तरीयामा लेलिनको फोटोमा माल्र्यापन गरेर लेनिन जयन्ती दिवस मनाएका छन् । कम्युनिष्ट पार्टी २००६ सालमा गठन भएको थियो । कम्युनिष्ट पार्टी स्थापना पुष्पलाल श्रेष्ठ लगायतका ४ जनाले भारतको कोलकातामा गठन गरेका थिए ।

लेनिन जयन्ती नेकपा (क्रान्तिकारी माओवादी) निकट देजमो प्रदेश संयोजक डायमन्डको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादीे) प्रदेश सेक्रेटरी चन्द्रहरी सुवेदी ‘अटल’ अतिथि देजमो केन्द्रिय सदस्य बिष्णुराम दमाई, क्रान्तिकारी किसान संघका केन्द्रिय सदस्य टंक कोईराला लगायतका नेताहरु रहेका थिए ।

कार्यक्रमको सञ्चालन कमरेड क्षितिजले गरेका थिए ।प्रमुख अतिथि अटलले अहिलेको केपी ओलीको सरकार कम्युनिष्टको सरकार नहेको प्रष्ट पार्दै कम्युनिष्ट पार्टीको सरकार भएको भए आज सेनाहरुको मार्च पास हुने थियो । आज विभिन्न कार्यक्रम गरेर मनाइने थियो । यो सरकार दलाल फटाहा, पुँजीवादीहरुको रहेको छ ।

यो सरकारमा रहेकाहरु बजारमा आएका नक्कली सुनका गहना जस्तै हुन भन्दै केपी र प्रचण्ड केही दिनमा आफै पतन भएर जाने बताए ।