मेरो कान्छो अमर फर्केन

प्रकाशित मिति : २०७६ बैशाख ७

- खुसीराम पाख्रिन

सर्वहारावादी पार्टी र तिनको नजिकको मोर्चा, सङ्घसंस्थाहरूका हरेक सभासम्मेलन, मिटिङ, बैठक सुरु हुनुअगाडि देश र जनताको मुक्तिका खातिर प्राणको आहुति दिने महान् शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण गर्नु कम्युनिष्ट क्रान्तिकारीहरूको अनिवार्य शर्त र नैतिक संस्कारभित्र पर्ने कुरा हो ।

हिजोआज मौनधारणको बेला शहीदहरूलाई सम्झिँदा म पहिलो नम्बरमा खुम्चेको धमिलो टोपी लगाएको हेर्दै निम्नवर्गको बालक भनेर चिन्न सकिने, टीठलाग्दो तर चनाखो टाठो अनुहार परेको, महान् जनयुद्धको पहिलो सहिद दिलबहादुर रम्तेललाई झलझली सम्झन पुग्छु । त्यसपछि सिङ्गो आन्दोलन र पार्टीकै सबैभन्दा उच्च तहका सहिद सरल स्वभावका प्रखर व्यक्तित्त्व, वैकल्पिक पोलिटव्युरो सदस्य कमरेड वासु आँखाअगाडि नै आउनुहुन्छ ।

त्यसपछि क्रमशः नाम जनेका अनुहार, चिनेका सहिदहरू लस्करै मानसपटलमा आउने गर्छन् । त्यसै क्रममा मेरो कान्छो छोरो अमर पनि आइपुग्छ । अनि म अलि बढी डुबेर घोत्लिन थाल्छु । पातलोपातलो अलि लामो कपाल, निडर र निशङ्कोच रातो वर्णको सर्लक्क परेको अनुहार, खिस्स हाँस्दा दुईतिर माथिल्ला तिखा तिखा दाँत आँखामा आइपुग्छन् अनि म टोलाउँदै भावुक हुन पुग्दोरहेछु । एक मिनेट सकिइहाल्छ । सोचाइलाई धैर्यले ठिक ठाउँमा ल्याउने कोसिस गर्छु ।

रामपुर क्याम्पसको पश्चिम किनारमा उत्तरदक्षिण लस्कर परेका घरहरूको लाइन छ । त्यो लाइन किरणगञ्जमा पर्दछ । त्यो गाउँको पृष्ठभूमि आन्तरिक कथाव्यथाजस्तै भए पनि हेर्दा निकै रमाइलो छ । त्यही बीचमा एउटा सानो छाप्रो घर छ । हो, त्यही हो मेरो घर । त्यसको नाताले कसैले घर कहाँ हो भनेर सोधे भने चितवन, शारदानगर, किरणगञ्ज हो भन्ने गर्छु । त्यही पनि २०३० सालतिर बाउले बनाइदिनु भएको छाप्रो हो । त्यही छाप्रोमा जन्मेको हो मेरो कान्छो अमर

आजभोलि त्यो छाप्रो बडो मुस्किलले उभिएको छ । टिनको छानो खिया लागेर कुरूप भइसकेको छ । पानीभित्र घामबाहिर उसको धर्म हो । हिजोआज त्यो धेरै फुच्चे पनि भइसकेको छ । किनभने वरिपरिका घर निकै ठूल्ठूला भइसके । कुनै बेला त्यो छाप्रोभित्रको जीवन कति सुन्दर थियो । एक खालको प्रतिष्ठानजस्तो थियो त्यो छाप्रो, त्यसभित्र पस्दा आर्ट ग्यालरीभित्र पसेकोजस्तो अनुभूति हुन्थ्यो । विविध बाजागाजा सजिसजाउ थिए । कविता सुनाउनेदेखि राजनीतिक छलफल र नृत्य गायनसम्म त्यहीँभित्र हुन्थे ।

कति गीतहरू त्यहीँ जन्मे, कति कलाकारहरू त्यहीँबाट प्रशिक्षित भएर निस्के । देशविदेशका मान्छेसँग चिरपरिचित थियो त्यो छाप्रो । कवि, कलाकार, साहित्यकारहरूसँग घनिष्ट थियो त्यो छाप्रो । कमरेड प्रचण्ड, कमरेड किरण, कमरेड बादल, कमरेड गौरवदेखि पुराना पिँढीका नेताहरू कमरेड काजी, कमरेड भक्तबहादुर सबैसँग चिरपरिचित थियो त्यो छाप्रो ।

वरिपरि घरका बाउहरू कोही जागिर खान गए, कोही लाहुर गए, कोही कतै गए, आफ्नो निम्ति गए । त्यो सानो घरको बाउ दुनियाँ ब्युँझाउनका निम्ति भनेर गितार, मादल बोकेर हिँड्दा ६ महिना वर्षदिनमा कहिलेकाहीँ हात र मुख मात्रै लिएर आउँथ्यो । त्यो घरको बाउ कहिले हुम्लाको चौगन फय र डाँडा फय त कहिले मनाङको खाङसार र थोचे डुलिरहँदा त्यो घरकी आमा, छोराछोरीहरू आफ्नै दुःखसँग पैँठेजोरी खेलिरहेका हुन्थे । त्यो घरका बाउ कहिले गोरखा, लमजुङ, तनहुँमा हिँडिरहँदा, त्यो छाप्रोमा एउटै नाइलनको झुलमुनि आमा र छोराछोरीहरू मात्रै बास बसिरहेका हुन्थे । त्यो सानो छाप्रोको बाउले ती परिवारहरूका बारेमा कहिल्यै सोचेन ।

विसं २०४४ तिर घर आउँदा ठूली छोरी अलि ठूली नै भएकी थिई र बाबुसँगै पहिल्यैदेखि हिँडिरहेने भएकाले अलि नजिक हुन्थी । अरु साना भाइबहिनीहरू बाबुको नजिक पनि पर्दैनथे । को कति कक्षामा पढ्छन्, त्यो पनि बाउलाई थाहा थिएन । सानो घर, थोरै बारी, सानो खेती, श्रम लगानी, अरुले खाएजस्तो कसरी खानु, अरुले लाएजस्तो कसरी लाउनु रु हरेक दिन स्कुल जाँदा कहाँ गएर हुनु तिनको खल्तीमा एक मोहोर, अर्काले बदाम खाँदा अर्काले बरफ चुस्दा कस्तो भयो होला रु

दुःखमा सुखमा बढ्दै गए उनीहरू पुलिस आतङ्कका बीचमा । २०४६ सालमा बाउलाई चारैतिर घेरा हालेर पुलिसले ७ किलोमिटर खेद्दाब धेरै निराश र आतङ्कित भए उनीहरू । २०४६ सालपछि ती कष्टपूर्ण दिनहरू केही सहज बन्दै गए । घर मै बाजागाजा भइरहने हुँदा उनीहरू पनि नाच्न, गाउन, बजाउन चाहिँ थाले, जनयुद्ध नहुँदासम्म प्रायः म घरै हुने गर्थेँ । त्यो सानो छाप्रोभित्रको जीवन फेरि एकचोटी सुन्दर बन्दै गयो । उनीहरू सबै ठूला ठूला हुँदै गए । ठूलीको विवाह भयो । कान्छी सानोमा लजालु भए पनि ठूली हुँदै गएपछि बोल्न सक्ने टाठी हुँदै गई ।

ठूलो छोरो मेहनती, कडा परिश्रम गर्ने खालको थियो भने कान्छो अमर दाइसँग कहिल्यै नछुट्ने, सँगै सुत्ने, सँगै काम गर्ने, सँगै खेल्ने, सँगै रमाइलो गर्ने गर्थ्यो । बिनासङ्कोच बाउसँग काकाहरूसँग मीठा, गहकिला गफ गर्थ्यो । घरमा दिदीहरू भएर पनि ती दुई भाइले आफूले खाने थाल सधैँ आफै धुन्थे । दाइले भाइलाई माया गरेर लाटो भनेर बोलाउने गर्थ्यो, भाइले दाइलाई भोकचेक भनेर जिस्कन्थे । दाजुभाइको बीचमा कहिल्यै रिसारिस र झगडा भएको पनि थाहा भएन । आफ्नो घरको अवस्था थाहा भएकाले उनीहरूले आफ्नो गच्छेभन्दा माथिको चीज कहिल्यै माग पनि गरेनन् ।

हाम्रा दाजुभाइका छोराहरू सैबै मिलाएर नौ जना थिए । तीन भाइ त्यतिबेला ससाना थिए भने ६ भाइ उत्राउत्रै सँगै काम गर्थे, सँगै हिँड्थे, सँगै खेल्थे, पढ्थे, चाडपर्बमा रमाइलो गर्नुपर्दा दाइहरू कोही ढोलक बजाउने, कोही एनाउन्सर बन्ने, कोही नाच्ने, कान्छो अमरले किबोर्ड बजाउने, कति सुन्दर थिए ती दिन ।

गर्मी महिनामा बेलुकी खाना खाएर आँगनमा गफ गर्न बस्दा बाजे बज्यैदेखि साना नातिनातिनासम्म र आमा बुबाहरू अनि छरछिमेक सबै जम्मा हुँदा साह्रै रोचक विषयहरूमा गफ चल्थ्यो, अति चाख लिएर सुन्थे, रातको १०(११ बजेको चालै पाइँदैनथ्यो । कति रमाइला थिए ती दिनहरू ।

कान्छी छोरी वीरेन्द्र क्याम्पस, दुई भाइ शारदानगर क्याम्पसमा । तीनैजना आइएमा पढ्दै थिए ।

जब पार्टिले जनयुद्धको सङ्खघोष गर्योभ, दुश्मनको निगरानी फेरि बढ्दै गयो । बाबु घरमा बसिरहने स्थिति रहने कुरै भएन । त्यो सानो छाप्रो फेरि दुश्मनको निम्ति डाइनेमाइट भएर उभियो । धेरैपटक कमाण्डोले घेरा हाल्न आयो । धेरैपटक सङ्गीन दाग्न आए, ती रमाइला सुन्दर दिनहरूमा फेरि कालो धब्बा लाग्दै गयो । पढ्ने छाँट पनि गतिलो रहेन । कान्छो अमर एक दिन आमासँग अलिकति पैसा लिएर एक्लै घरबाट निस्केर हिँडेछ, कहाँ जाने भन्ने गन्तव्यको ठेगान पनि के रह्यो र रु लुम्बिनी पुगेर बौद्धिष्टहरूले पूजा गरिराखेको गुम्बामा टोलाएर हेरिरहेको रहेछ र त्यो रात त्यहीँ बिताउने तरखर गरेछ ।

चिनेको कोही छैन । किन आएको रु धर्म गर्न हिँडेको मान्छे पनि होइन । त्यसपछि त्यहाँको पालेले त्यहाँ बस्न दिएनछ र रातभरी बाहिर कतै रात काटेछ । कहिल्यै घर नछाडेको मान्छे, आमाको काख नछोडेको मान्छे । भोलिपल्ट बिहान उज्यालो हुने बित्तिकै घर फर्केछ । बेलुका घर पुग्नासाथ आमालाई झम्टेर आमाछोरा अङ्कमाल गरेर रोएछन् । उसलाई घरको अवस्था र आफ्नो भविष्यको निकै चिन्ता थियो त्यतिखेर ।
एकपटक म गिरफ्तार भएर मलाई यातना दिने बेला तेरा छोराछोरी के गर्छन् भनी सोधे । तेरो घरमा लास पल्टाइदिन्छु भने भतुवाहरूले ।

मैले उल्टै प्रश्नी गरेँ –“तेरो बाउको लास पल्टाएका थिए मेरा छोराछोरीलेरु” पछि पुनरावेदनले छुटाएपछि पनि म्याद टाँस्न नछोडेपछि टाढै जानुपर्ने भयो । उनीहरू पनि दिदीभाइ पार्टीमा कस्सिएर लाग्ने निधो गरेछन् । सुरुसुरुमा पार्टीको योजनाअनुसार फटाहालाई कारबाही गर्ने क्रममा दुईचारजना फटाहाको करङ र खुट्टा भाँच्ने काममा राम्रै भूमिका निभाएछन् । पछि दिदी सङ्गठनमा र ऊ चाहिँ सेनामा रही गण्डकतिर खट्न थालेछन् ।

कास्कीको डाँडा नाक चौकी, गोरखाको भच्चेक, नवलपरासीको सुनवल कब्जा गर्दा एसल्ट ग्रुपमै बसेर सानदार वीरतापूर्ण लगाईँ लडेछ उसले । ऊ इमान्दार थियो, ऊ मिलनसार थियो, ऊ जाँगरिलो र अध्ययनशील थियो । २०५९ सालतिर म प्रवासबाट भित्र आएपछि शाही सेनाको आतङ्कका कारण आमा पनि मसँगै राप्ती क्षेत्रतिर जानुपर्ने भयो ।

विसं २०६० सालको असारतिर अखिल नेपाल जनसाँस्कृतिक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनमा हामी काठमाडौं आउँदा आमाछोराको भेटघाट भएको रहेछ । मसँग त २०५५ साल माघदेखि भेट भएको थिएन । ऊ त भौतिक रूपमा पनि केही फरक, वैचारिक रूपमा पनि धेरै परिवर्तन भइसकेको रहेछ ।

धेरै वर्षपछि बाउसँग भेट्न पाउँदा र आमाको मातृममताको न्यानो पाउँदा ऊ धेरै खुसी थियो । हामी पनि औधि खुसी भयौं । घर गाउँका ती रमाइला दिनहरू, दुःखसुखका क्षणहरू, माया गर्ने दाइभाइहरूको साथ छोडेर ऊ साँच्चै सर्वहारावर्गको मायामा रमाइसकेको रहेछ । भोलिपल्ट सम्मेलनस्थलतिर जाँदा पनि हामी एकान्तकुनासम्म सँगै गयौँ । उसलाई बाबु पार्टीको के हो भन्ने पनि थाहा रहेनछ । बुझ्ने जिज्ञासा राखेपछि मैले बताएँ । ऊसँग एक किसिमको जोस र जाँगर स्पिरिट देखिन्थ्यो । सम्मेलन हलमा पछिल्लो लाइनमा शारदा दिदीसँगै बसेको थियो ऊ ।

मैले एउटा गीत ‘नरुनुस् आमा लड्दालड्दै ढलेको छोरालाई सम्झेर’ गाउँदा खूब ध्यान दिएर सुनिरहेको थियो । ९त्यो गीत अहिले उसैको लागि लेखेको जस्तो हुन पुग्यो० । जनमुक्ति सेनाको सैन्य फर्मेसनभित्रको साँस्कृतिक रिपोर्ट अत्यन्त टाठो र स्पष्ट ढङ्गले उसैले राख्यो, उसको रिपोर्ट सुनेर सेनाको आलोचना चर्को भयो भनेर कतिपय वरिष्ठ साहित्यकारहरू कम डराएनन् । को हो त्यस्तो चर्को बोल्ने रु भनेर सोधेको जबाफमा पाख्रिन दाइको छोरो भन्दा ‘हँ’ गर्नुभएको थियो ।

जाने बेलामा म बैठकमा बस्नुपर्ने भएकाले चितवनसम्म भए पनि सँगै जान पाएन उसले । उसले विवाहका लागि प्रस्ताव गरेको केटीको फोटो देखाएर मालेमावादी विचारका आधारमा एकअर्कालेमन पराएको कुरा राख्दै पार्टीमा निवेदन दिएको बतायो र मलाई पनि स्वीकृति माग्यो । मेरो तर्फबाट पनि सहजै स्वीकृति दिइयो । उसले पुरानो परम्परा तोड्दै अन्तरजातीय विवाह गर्ने अठोट गरेको रहेछ ।

मैले कहिलेकाहीँ अरुको गीत सुन्नुपर्ने भएकाले सस्तो खालको वाकमेन किनेको थिएँ । त्यस्ता चीजहरू गोजीमा राखेर कानमा एअरफोन लगाएर सुन्ने रहर त युवाहरूलाई हुन्छ, उसलाई पनि रहर थियो कि । आवश्यकताले गर्दा मैले उसलाई चाहेर पनि दिन सकिन । मेरो बाटो खर्च कटाएर अलिकति पैसा दिएँ । मैले उसले थुप्रै साथीहरूसँग बसेका र सेना फर्मेसनका फोटाहरू प्रिन्ट गरेर ल्याएको रहेछ । ती फोटाहरू पनि मलाई देखायो । युद्धविरामको बेला भए पनि दुश्मनको निगरानी कम थिएन । वार्ता तोडिएलाजस्तो हुँदै थियो । “बाटोमा चेक हुन्छ, फोटोहरू अलि लुकाएर लानू” भनेर मैले उसलाई सम्झाएँको थिएँ ।

उसले केही हुँदैन, के डर भनेर मेरो कुरालाई ख्यालका रूपमा लियो । त्यो नै हाम्रो अन्तिम भेट भनूँ वा अन्तिम विदाइ थियो । टुँडिखेलमा हात मिलाएर विदा भयो ऊ । एक जना साथीको साथ आमासँगै नारायणघाटसम्म गएर र आमासँग पनि विदा लिएर आफ्नो कार्यक्षेत्रतिर लागेछ ऊ । केही दिनपछि हामी पनि रोल्पा गयौं । माघ फागुनतिर उनीहरूको विवाह भएको रहेछ । ढिला गरी समाचार सुन्नमा आयो । पछि युद्धविराम भङ्ग भयो । हामी भने राप्तीका गाउँहरूमा विभिन्न अभियानहरूमा लागिरहेका थियौँ । हुँदाहुँदै चैत्र लाग्यो । पार्टीको योजना फौजी कारबाहीहरूलाई पूर्वदेखि पश्चि मसम्म ब्यापक र घनीभूत पार्नु थियो । रणनीतिक सन्तुलनबाट राजनीतिक, फौजी रूपमै प्रत्याक्रमणतिर छलाङ हान्नु थियो ।

त्यसैक्रममा एउटा केन्द्रीकृत कारबाहीको योजना आयो, त्यो बेनी हान्ने योजना थियो । त्यस क्षेत्रमा क्षेत्रीय साँस्कृतिक टोलीहरू पनि स्वयम्सेवकको निम्ति तयारीमा जुट्यौँ । म पनि पहिलो ब्रिगेडसँगै जोडिएर बेनी आक्रमणका लागि तयार भएर गएँ । आक्रमण ७ गते बेलुकी १०स्३० देखि ८ गत एघार(बाह्र बजेसम्म चलिरह्यो । म भने बिहान पाँच बजेतिर खोन्चोङ(खोन्चोङ हिँड्न सक्ने घाइतेहरूलाई डोर्याउँदै तातोपानी हुँदै दरबानतिर आउँदै थिएँ त्यो दिन । रिट्रिट ताँतीमाथि दुश्मनले हवाई फायरिङ गरिरह्यो । लुक्ने छिप्ने अनुकूलता केही थिएन । नलागे बाँच्ने हो त्यति हो उपाय । जे होस्, हाम्रो ग्रुपलाई लागेन ।

हो त्यही चैत्र ८ गते मेरो कान्छो अमरको लमजुङमा सहादत भएको रहेछ । हामी बेनीबाट फर्केपछि रोल्पामा १० तिरबाट दुश्मन पस्यो । हामी भने सल्यानतिर गएर साँस्कृतिक प्रशिक्षणमा जोडिन पुग्यौं ।

सल्यानको एउटा गाउँमा प्रशिक्षण दिँदै थिएँ । एकजना साथीले त्यति संवेदनशील विषय पनि हल्का ढङ्गले दोर्जे गोली लागरे ढलेको कुरा सुनायो मलाई । त्यत्रो युद्धको बीचको समाचार अपुस्टजस्तो भए पनि हुन सक्ने कुरा पनि भयो । त्यति विश्वादस पनि लागेन । तर, मनभरी गोलमाल भने मच्चियो । सबैले थाहा पाउने गरी त्यति भावुक भइएन । एक महिनाको नाति बोकेको  दीपासँगै उसकी आमा पनि रोल्पाबाट सल्यान आइपुगिछन् । त्यस्तो अपुस्ट समाचार उनले पनि सुनेकी रहिछिन् । फेरि पनि नहुन पनि सक्छ भनेर उनको मन थमथमाउने काम भयो । तर, हाम्रो मनभरि पीडाको बाढी त उर्लिरहेकै थियो ।

एउटा गाउँमा मगरात स्वायत्त जनसरकार प्रमुख सन्तोष बुढा आउनुभएको रहेछ । त्यहीँ उहाँसँग भेट भएपछि गम्भीरतासाथ समाचार पुष्टि भएको कुरा उहाँले राख्नुभयो । उसकी आमाले कसरी मन थाम्न सक्नु । त्यस दिनदेखि हाम्रो निम्ति धर्तीमा घाम लागेन । सपनामै हिँडिरह्यौँ । सन्तान गुमाउनुको पीडा भोग्नेलाई थाहा हुँदोरहेछ । हामी कति रूनु रु जति रोए पनि धोको नपुग्ने भएपछि । युद्ध लड्न हिँडेका मान्छेहरू दुनियाँले देख्ने गरी कति रूने रु पीडालाई दाह्रा किटेर पाइतालाले दबाएर हिँडिरह्यौँ । दुश्मनको आँखा छल्दै हिँडिरह्यौँ । मानसिक पीडाको कारण हामी भौतिक रूपले पनि कमजोर बन्दै गयौँ । लामालामा उकालोहरूमा धेरै सास्तीहरू खेप्नु पर्यो ।

त्यही पीडाको बीचमा एउटा कार्यक्रम पनि सेट गर्यौं । निकै उत्कृष्ट नै भएको रहेछ । त्यो पार्टी केन्द्रीय बैठकका लागि थियो । त्यही केन्द्रीय बैठककै बेला फुन्टवाङमा अध्यक्ष क। प्रचण्डसँग भेट हुँदा हार्दिक समवेदना प्रकट गर्नुभयो । सबैजसो कमरेडहरूले समवेदना प्रकट गर्नुभयो मलाई । पार्टीको व्यस्तता, दुश्मोनको चापले गर्दा बुहारीसँगको भेटघाट धेरै पछि मात्र भयो । मगरात साँस्कृतिक टोलीको प्रशिक्षणको दौरान ठिक एक वर्ष १३ दिनमा राङकोटमा उक्त गाउँका क्रान्तिकारी जनसमुदायबीच उसको शोकसभाको आयोजना गर्यौँ । तर त्यहाँ एक जना पनि सीसीएमको उपस्थिति थिएन । त्यतिबेला सबै खारा कारबाहीमा व्यस्त थिए ।

ऊ पहिलो वार्ताकालमा भरुवा बन्दुक बोकेर जनमुक्ति सेनामा प्रवेश गरेको रहेछ । जनमुक्ति सेनाको प्लाटुन कमाण्डर हुँदै वासुस्मृति ब्रिगेड कार्यालयमा काम पनि गरेको रहेछ र पछि फोजी फर्मेसनभित्रकै एउटा साँस्कृतिक टिमको अध्यक्ष भएको रहेछ ।

लमजुङको चिति भन्ने गाउँमा सेन्ट्री बस्दै गर्दा घेरामा परेछ । मिटिङ बसिरहेका साथीहरू बचाएर ऊ ढलेछ । गोली लागेर छट्पटिँदै साथीलाई भनेको थियो रे (‘तिमीहरू बच्ने काम गर, मेरो चिन्ता गर्नुपर्दैन, भौतिक रूपले म बाँच्दिन ।’ त्यसपछि उसको भौतिक जीवनको अन्त्य कसरी भयो रु म कल्पना पनि गर्न सक्दिन । पछि शत्रुले अर्को साथीलाई पनि समातेर हत्या गर्यो रे ।

ऊ सरल स्वभावको साहसी र इमान्दार युवा थियो । वर्गदुश्मनप्रति तीव्र घृणा र बदलाभावले जोसिइरहने मान्छे थियो । पार्टी र क्रान्तिप्रति एकरत्ति दायाँबायाँ गर्नु हुन्न भन्ने मान्यता राख्थ्यो उसले । जनताको गीत लेख्न, जनताको निम्ति नाच्न, गाउन, बजाउन, जे पनि गर्न तत्पर थियो ऊ । ऊ एउटा क्रान्तिकारी विचारले सुसज्जित युवा थियो । उसले पनि आफ्नो स्वार्थका निम्ति कहिल्यै सोचेन होला ।

ऊ जोरीपारीहरूको समेत मिलनसार प्यारो साथी थियो । साना नानीहरूको प्यारो अङ्कल थियो । दाइ दिदीहरूको प्यारो भाइ र आमाबुवाको प्यारो कान्छो सन्तान थियो । दुःखी गरिब जनताको निम्ति जीवन अर्पण गर्न तत्पर कुशल योद्धा थियो ।

दुःखको कुरो १ क। प्रचण्डलाई प्रत्यक्ष देख्ने उसको धोको पूरा हुन पाएन । उसलाई कलासम्बन्धी शास्त्रीय ज्ञान, मार्क्सवादी प्रगतिवादसम्बन्धी दक्ष बनाउने मेरो सपना अधुरो हुन पुग्यो । भौतिक रूपमा उसले आन्दोलनको लामो अनुभव गर्न पाएन । अब उसको भौतिक शरीर हाम्रो सामु रहेन । अन्त्यमा, कान्छो अमरप्रति हार्दिक श्रद्धाञ्जलि ! सबै वीर सपूतहरूप्रति श्रद्धाञ्जलि !अहिले पछिल्लो युद्धविरामपछि सबै साथीहरू घरमा भेटघाट गर्न जाने ओइरो चल्दा हामी पनि त्यो सानो छाप्रोमा आयौँ । हामी आउँदा एकचोटि सबै खुसी भयौँ । तर, कान्छो अमर आएन । त्यो सानो छाप्रो घर फेरि खुसी भएन । अन्त्यमा त्यो सानो कलाकारका यी गीतका पङ्तिहरू उल्लेख गरी त्यो सहिदलाई सलामी चढाउँदै विदा हुन्छुः

हामी भन्छौँ रगतको टीका लगाएर
हामी भन्छौँ राइफल काँधमा सजाएर
जनयुद्ध जिन्दावाद !
मार्क्सवाद, लेनिनवाद, माओवाद जिन्दावाद !
प्रचण्डपथ जिन्दावाद !

रातो झण्डा फरफराउने हामी हौँ जनमुक्ति सेना
वर्गदुश्मनसँग भिड्ने योद्धा हौँ हामी लालयोद्धा हौँ
यो विद्रोहको ज्वालाको लड्ने हामी योद्धा हौँ
हामी भन्छौँ  !!

सर्वहारा जनताको युद्ध हो यो जनयुद्ध हो
नयाँ युगको नयाँ क्रान्ति हो साँस्कृतिक क्रान्ति हो
या नयाँ युग जन्माउने रक्तपात युद्ध हो
हामी भन्छौँ !!

जनताको उर्लँदो यो भेल हो जनक्रान्ति भेल हो
मृत्युलाई जित्न सक्ने खेल हो जनक्रान्तिको खेल हो
यो मृत्युलाई जित्न सक्ने रक्तपूर्ण खेल हो
हामी भन्छौँ !!

साभारः जनयुद्धका संस्मरण