काठमाडौं । नेपाल सरकारले अन्तरिक्षमा स्याटेलाइट पठायो । त्यो पनि किनेर । प्रधानमन्त्री ओलीले उद्घोष गरे नेपाल अन्तरीक्ष युगमा प्रवेश गर्यो । जनता चकित परे आश्चर्य चकित । २० अर्बको महंगो मूल्यमा फ्रान्ससँग स्याटेलाइट किन्ने कुराकानी गरिरहेका ओली एकाएक विहीबार नेपालले अन्तरीक्षमा स्याटेलाइट पठायो भनी आफै चकित परेका कुरा गरे ।
नेपाल रेलयुग, पानी जहाज युग, पेन्सनको युगहुँदै अब अन्तरीक्षको युगमा पनि प्रवेश गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सगर्व घोषणासमेतले यो पुष्टि गरेको छ । जनताहरु अक्क न बक्क छन्– कस्तोखालको मिसाइलले नेपालको कुन ठाउँबाट त्यो गौरवपूर्ण स्याटेलाइट बिष्फोटसहित उडान गरेछ त ?
तर वास्तवमा कुनै पनि त्यस्तो स्याटेलाइट नेपालको तर्फबाट उडान गरिएको छैन । नेपालको नाममा पठाइएको भनिएको बुधबार राति २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियाँबाट नेपाली विद्यार्थीले तयार पारेको स्याटेलाइट नासाको सहयोगमा अन्तरीक्षमा पठाइएको हो । नेपालका साथै श्रीलंका र जापानको पनि दुईवटा नानो स्याटेलाइटहरु अन्तरीक्षमा पठाइएको छ ।
कतिपयको दाबा छ खुशीको कुरा पनि हो नेपालको नाममा ‘नानो’ स्याटेलाइट अन्तरिक्षमा लगिन लागिएको हो । तर यसलाई ‘स्याटेलाइट’ भनेर प्रचार गरिनु हास्यास्पद कुरा हो । त्यो ओलीको गफ हो । एकातिर नेपाल सरकारले स्याटेलाइटमा २० अर्ब रुपैयाँ खर्च गर्ने तयारी गरिरहेको र अर्कोतर्फ नास्टको करिब डेढ करोड लगानीमा पहिलो स्याटेलाइट नेपालले अन्तरीक्षमा पठाएको समाचारले भ्रम भने उत्पन्न गराएको छ ।
विज्ञहरुको प्रश्न छ– आखिर डेढ करोडको स्याटेलाइटले नेपाल अन्तरीक्ष युगमा प्रवेश गरिसकेको छ भने २० अर्बको स्याटेलाइट फ्रान्सबाट किन किन्नु पर्यो ?
सायद २० अर्ब रकम झ्वाम पार्न ओलीले यसो गरेका हुन सक्छन् ।