काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको राष्ट्रिय सम्मेलनको बन्दसत्र सुरुभएको दोस्रो दिन मंगलवार टोली नेताहरुबाट रिपोर्टिङ सुरु भएको छ । टोली नेताहरु क्रमश: आफ्नो टोलीको साझा तथा सामूहिक रिपोर्टलाई लिएर हलमा राख्दै र मोर्चा नेताहरुलाई राजनीतिक प्रतिवेदन तथा विधान समृद्धिका लागि धारणा र सुझाबहरु दिइरहेका छन् ।
सुझावमा समसामयिक विषय केही अस्पष्ट भएको, अन्तरविरोधका बारेमा प्रष्टता नभएको, संघर्षका कार्यक्रमहरु ठोस गरिनु जरुरी रहेको बताएका छन् । तर संघर्षका कार्यक्रमहरु अघि सारिएकाले आफुहरु खुशी भएको बताएका छन् । रिपेर्टिङ निकै उत्साहजनक रहेको छ ।