मोदीजी ! ‘फेसबुक’ कहिल्यै पनि ‘फेथबुक’ हुँदैन

काठमाडौं । भारतीय विधानसभाको निर्वाचन सुरु हुन एकहप्ता पनि बाँकी नरहेको बेलामा आएर निर्वाचन आचार संहिताको कुरा उठाएर भारतीय जनता पार्टीको मोदी सरकारले एक हजार बराबरीका फेसबुक पेजहरुमाथि प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्ध लगाइएका ती फेसबुक पेजहरु सबै प्रतिपक्ष र विशेष गरी कांग्रेस आई निकटका रहेका छन् । त्यसो त कहिले कसलाई सहयोग त कहिले कसलाई बाधा पुर्याएको नाममा मोदी सरकारले फेसबुक प्रयोगकर्ताहरुलार्ई निकै दुख दिने गरिरहेको थियो ।

पछिल्लो चरणमा चुनावी तथा अन्य सामाजिक महत्वका कामहरुमा सामाजिक सञ्जालले निकै ठूलो महत्व राख्ने गरेको छ । विज्ञान र प्रविधिको प्रयोगसँगै आमजनताको पहुँच पनि प्रचारप्रसारमा पुगेपछि यस्तो अवस्था निम्तन पुगेको हो । यो अवस्था शासकहरुका लागि दुर्भाग्यपूर्ण र जनता र जनपक्षीय तथा प्रतिपक्षीय शक्तिहरुका लागि निकै सहयोगीसिद्ध हुन गएको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा सञ्चारमाध्यम र प्रविधिहरुबाट भएको निकै प्रभावकारी रुसी हस्तक्षेप, सूचनाको चुहावट र त्यसको प्रभाव, देश विदेशमा भएका सञ्चारमाध्यमहरुको प्रभाव र पछिल्लो चरणमा हुने गरेका सामाजिक सञ्जालहरु फेसबुक तथा ट्वीटरको प्रभावले सोचिए भन्दा भिन्न परिणाम ल्याउन मद्दत गरिरहेका छन् ।

यसैलाई मध्यनजर गरेर विश्वको सबैभन्दा ठूलो गणतन्त्र भारतका प्रधानमन्त्री मोदीले निर्वाचन सुरु हुन एक साता पनि बाँकी नहुँदा करीब एक हजार फेस बुकहरुलाई निर्वाचन आचार संहिता उल्लंघनको आरोपमा फेसबुकका पानाबाट हटाउन राज्य नेटवर्कको प्रयोग गरेका छन् ।

यसरी हटाइएका सबै कांग्रेस आईलगायतका विपक्षी पार्टीहरुसँग सम्बन्धित फेसबुक र ट्वीटरहरु रहेका छन् ।