काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले आइतवारसाँझ आँधीहुरीबाट तराईका जिल्लाहरु बारा र पर्सामा हुन गएको मानवीय क्षतिप्रति गहिरो दुख व्यक्त गरेको छ । उक्त कुरा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा जनाइएको हो ।

हार्दिक शुभकामना !

विज्ञप्तिको सुरुमा भनिएको छ– ‘यहीचैत्र १७ गते आइतवार विशेषतः बारा र पर्सा जिल्लामा आएको आँधी, हुरी, असिना र वर्षाका कारण ३१ जनाको ज्यानगएको र २०० जनाजतिगम्भीर रुपमा घाइते भएको खबरले हामी अत्यन्त दुःखी भएका छौं ।’

आइतवार साँझ एक्कासी आएको आँधी र हुरीले स्थानीय जनताको ज्यान लिनुका साथै सम्पत्तिमा पनि ठूलो नोक्सानी पुर्यायो । यसबारे विज्ञप्तिमा थप भनिएको छ– ‘यस दुःखद घडीमा हामी दिवंगत हुनु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्तगर्दै परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं । घाइते हुनु भएकाहरुको शिघ्र स्वास्थलाभको कामना गर्दछौं ।’

घटनापछि पनि उद्धार तथा राहतका लागि सरकारद्वारा गरिएको ढिलासुस्तीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा भनिएको छ– ‘मृतकका परिवारजनलाई अविलम्ब राहत रकमसहित सहयोग उपलव्ध गराउन र घाइतेहरुको तुरुन्तउपचार गर्न केन्द्र सरकारसँग जोडदार माग गर्दछौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर