देजमो ७ नंं. प्रदेशको भेला सम्पन्न, केसीको संयोजकत्वमा १७ सदस्यीय प्रदेश कमिटि निर्वाचित

कैलाली । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको ७ नं. प्रदेश भेला आइतबार अत्तरियामा सम्पन्न भएको छ । भेलाले रामबहादुर केसीको संयोजकत्वमा १७ सदस्यीय कमिटि निर्वाचित गरेको छ ।

कमिटिका सदस्यहरुमा बिष्णुराम दमाई, शिवबजगाई, चन्द्रलाल चौधरी, बहादुर चाँड, मदन बिष्ट, चन्द थापा, अशोक ओली, रमेश विक, मणिकराज भट्ट, लोकबहादुर विक, खिमा ज्ञवाली लगायत रहेका छन ।

भेलाको उद्घाटन प्रमुख अतिथि क्रान्तिकारी माओवादीका प्रदेश ७ इन्चार्ज चन्द्रहरी सुवेदी अटलले गरेका थिए । सुवेदीले अहिलेको केपी ओलीे सरकार नाम मात्रैको कम्युनिष्ट सरकार भएकोले जनताले दुःख पाईरहेको बताए ।

उनले अब देशभक्त मोर्चामा गोलबन्द हँुदै राष्ट्रियताको पक्षमा एक हुनु पर्ने भएकाले चैत्र २४ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुन सबैलाई आग्रह गरे ।

भेलामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य क्षितिज लगायत पार्टी तथा मोर्चाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

देजमो कञ्चनपुर र डडेलधुराको जिल्ला भेला सम्पन्न

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको कञ्चनपुर र डडेलधुराको जिल्ला भेला सम्पन भएको छ । कञ्चनपुरको भेलाले १७ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ । भेलाले संयोजकमा बिष्णुराम दमाई र सदस्यहरु चन्दलाल चौधरी, उमेश चौधरी, शंकर विक, मदन बिष्ट, सन्देस पाण्डे, भोजराज भण्डारी, भिम चन्द, सुरज मल्ल, राम बहादुर चौधरी, दिपक महरा, सिद्ध राज भट्ट, भुवनसिंह धामी, दलबहादुर ठकुल्ला लगायत रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) सुदुरपश्चिम ईन्चार्ज चन्द्रहरी सुवेदी अटल र अतिथिहरुमा देजमो सुप संयोजक राम बहादुर केसी, क्रान्तिकारी माओवादी कञ्चनपुर ईन्चार्ज क्षितिज, कञ्चनपुर सेक्रेटरी हरि सुवेदी, अखिल क्रान्तिकारी केन्द्रीय कमिटि सचिव राम बहादुर महरा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी मोर्चाको डडेधुरा जिल्लाको भेलाले बमबहादुर सिंहको संयोजकत्वमा १७ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरिएको छ । जिल्लाको पर्शुराम नगरपालिका जोगबुडा लिपुलेक होटलमा सम्पन् भेलाले संयोजकमा बहादुर सिंह, सचिवमा गंगा राम बिक र सदस्यहरुमा मनोज भट्ट, धन बहदादुर थापा, प्रेम धामी, अर्जुन बराल, मणिक राज भट्ट, डम्मर ठकुराठी, सोभा भट्ट, ईस्वरी थापा, प्रेम रैकाल, राज बोहरा, खेम राज जोशी, गोरेक सिनाललगायतलाई चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) सुदुरपश्चिम ईन्चार्ज चन्द्रहरी सुवेदी अटल र अतिथिहरुमा पार्टीका कञ्चनपुर ईन्चार्ज क्षितिज, देजमो केन्द्रीय सदस्य बिष्णुराम दमाई, पार्टीका डडेधुरा सेक्रेटरी लालकिरण लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

मोर्चाको चैत्र २४ को राष्ट्रिय सम्मेलनलाई लक्षित गरी अहिले ७ नं. प्रदेशका जिल्लाहरुमा मोर्चाका भेला तथा सम्मेलन तीव्र गतिमा भइरहेका छन् । प्राप्त जानकारी अनुसार आइतबारै मोर्चाको प्रदश भेला सम्पन्न भएको छ ।