वीरगञ्ज । बर्षासँगै आएको हावाहुरीकाण बारा र पर्सामा ३१ जनाको ज्यान गएको छ । आइतबार साँझ आएको हावाहुरीमा परी ५ सय भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।
हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । प्रहरी प्रशासन रातीदेखि नै उद्दार कार्यमा जुटिरहेको छ । ठूलो संख्यामा भएको हताहतीका कारण कतिपय मृतकहरुको पहिचान समेत हुन नसकेको प्रहरीले जनाएको छ ।
घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।
पर्सामा ३ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको प्रहरीले जनाएको छ । २ नं. प्रदेशका अन्य जिल्लाहरु पनि हावाहुरीको चपेटामा परे पनि अन्य जिल्लामा भएको क्षतिको समाचार भने आएको छैन ।
आइतबार साँझदेखि नै देशका अधिकांश भागमा हावाहुरी चलेको थियो । हुरीले बाराको पसौनी, फेटा र सुवर्ण गाउँपालिकामा बढी क्षति पु¥याएको छ ।
हावाहुरीका कारण घर, इँटाभट्टा, बिजुलीका पोल, रूख र पर्खाल ढलेर सर्वसाधारणको मृत्यु भएको हो । हावाहुरीका कारण सवारी दुर्घटना हुँदासमेत केही घाइते भएका छन् । तीव्र गतिको हावा चलेकाले सर्वसाधारणको भागदौड मच्चिएको थियो । घाइतेको कलैया जिल्ला अस्पताल, वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल, नेसनल मेडिकल कलेजलगायतमा उपचार भइरहेको छ । तराईका अन्य जिल्लासहित देशका धेरै भागमा हावाहुरी चलेको थियो । तर, अन्य ठाउँमा ठूलो क्षति भएको जानकारी नआएको प्रहरीले जनाएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार