विश्व महिला आन्दोलन र नेपालका महिलाको भूमिका

विश्व महिला आन्दोलन र नेपालका महिलाको भूमिका

अँध्यारो पक्षका शक्तिहरुले आम जनता तथा महिलाहरुमाथि आफ्नो भएभरको तागतले आक्रमण गर्छन र उनीहरुको मुक्तिको संघर्षलाई तुहाइदिन चाहन्छन् । यसै क्रममा नेपालमा पनि २०५२ देखि ०६२ सम्मका लामा थुप्रै संघर्ष गरेर पाएका अधिकारहरु एक पछि अर्को खोसिदै गइरहेको छ ।

इतिहासले आखिरमा के कुरा सिद्ध गरिदिएको छ भने पुँजीवादी संसारमा महिला मुक्तिको समस्या अन्तिम रुपमा समाधान गर्न सकिदैन भने झैँ महिला मुक्तिको आन्दोलन बिना गरिखाने जनताको शोषण र उत्पीडनबाट मुक्ति पाइँदैन । विश्वमा महिलाहरुले र तिनका संघ संगठनहरुले सयाौं वर्षसम्म आन्दोलन गरेर मात्र श्रमिक महिलाहरुको नाममा दर्ज भए ।

१९ औं सताब्दीको सुरुमा युरोप र अमेरिकाको बुर्जुवा समाजमा महिलाहरुको वास्तविक र वैधिक स्थिति बन्यो । महिलाहरुको “शारीरिक तथा प्राकृतिक दुर्वलता, पारिवारिक जिम्मेवारी, प्रजनन, बालबालिकाको पालन पोषणमा मात्र सिमित राखी पुरुषको समकक्षमा हुन सक्दैनन्” भन्ने विषयमाधेरै संसदबादीहरुले समर्थन गरे । यस्ता पदावली प्रयोग गरी पूँजीवादीहरुको महिलामाथि हेर्ने यस्तो दृष्टिकोण थियो । तेत्तिबेला महिलाको रुचि र सक्रियता भान्सा, धार्मिक कोठा, केटाकेटी हेरचाह तथा पालन पोषणमा मात्र सिमित पारे । ब्रिटेनमा १८४७ मै महिलाहरुको १ दिनको श्रम १० घण्टा कायम गरिएको थियो ।

१८४८–४९ मा भएको युरोपियन क्रान्तिले महिलाहरुको राजनीति एवं नागरिक अधिकारको हक प्रदान गर्यो । १८५८ मा ब्रिटेनमा महिलाहरुले पारपाचुके गर्ने अधिकार प्राप्त गरे । अमेरिकामा १८६९ मा २ वटा महिला मताधिकार संगठनको स्थापना भयो । १८८८ मा नारीवादीहरुको पहलमा पहिलो अन्तराष्ट्रिय महिला परिषद् स्थापना भयो । १८९० मा मात्रै अमेरिकामा यो अस्तित्वमा आयो । १९४६ मा यो नाम बदलेर “अन्तराष्ट्रिय महिला संश्रय समान अधिकार समान दायित्व” राखियो ।

तेस्तै १८६९ महिलाहरुले कर तिर्ने, नगरपालिकामा मताधिकारको प्रयोग गर्ने अधिकार प्राप्त गरे । १८७० मा अमेरिकामा “लिबरल” व्यवसाय गर्ने अधिकार प्राप्त भयो । १८७१ मा पेरिस कम्युनमा महिलाहरुको उत्कृष्ट सहभागिताले राजनीति र सामाजिक आन्दोलनहरुमा भाग लिएका थिए ।

१८८९ मा ट्रेड युनियनले तिनीहरुलाई सदस्यता पनि प्रदान ग¥यो । १८९१ मा जर्मनीको सामाजिक जनवादी पार्टीले “एर्फुटे” कार्यक्रममा महिला अधिकारको मागलाई समावेस ग¥यो । १८९१ मा नै श्रम गर्ने महिलाहरुको एउटा पत्रिका “न्भिष्अजजभष्त” को प्रकाशन भयो । उक्त पत्रिकाा १८९२ देखि १९१७ सम्म प्रकाशित भै रह्यो । १८९२ मा श्रम संरक्षण पहिलो कानुन बन्यो । १९०४ मा अन्तर्राष्ट्रिय महिला मताधिकार संघको स्थापना भयो ।

महिला समाजवादीहरुको पहिलो र दोश्रो अन्तराष्ट्रिय सम्मेलनले १९०७ मा स्टुगार्ड र १९१० मा कोपेनहेगन घोषणा पत्र जारी गरी प्रत्येक वर्ष अन्तरराष्ट्रिय महिला दिवस मनाउने भन्ने ऐतिहासिक निर्णय गरेकै कारण हामी पनि महिला दिवस वर्षै पिच्छे मनाउँदै आइरहेका छौँ ।
विश्वका जुनसुकै पूँजीवादी मुलुकमा पनि जातिवादी समाज वर्गीय हुन्छ । अझ नारीजातिको हकमा त त्यो झनै विभेदकारी बनेको हुन्छ । चाहे घरभित्र होस् वा घर बाहिर जहा पनि नारीमाथि विभेद हुने गर्दछ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महिला माथि श्रम शोषण हुँदै आइरहेको छ । यस्ता शोषणलाई बढुवा दिने नियतले नै विभिन्न मालवस्तुहरुमा विज्ञापनको माध्यम बनाउँदै लगेका छन् ।

एँगेल्स्को “परिवार निजी सम्पत्ति तथा राज्यको उत्पत्ति” मा उल्लेख भए अनुसार पृथ्वीमा प्रकृतिकै खेल देखिन आउँछ । मानव जीवन नै स्त्री र पुरुष हो । अर्थात् प्रकृतिबाटै मानवको उत्पत्ति भएको हो । पहिला आदिम साम्यवादमा मातृसतात्मक समाज थियो । त्यतिखेर महिलाहरुनै पुरुष माथि हावी रहँदै आएका हुन्थे ।

यसै क्रममा नेपालमा पनि यहाँका कतिपय स्थानहरुमा नारीका चित्र तथा मूर्तिहरु देवीका आकारमा बनाई हालसम्म पनि पूजिदै आइरहेका छन् । कान्तिपुर उपत्यकामा बस्ती बस्नु भन्दा अघि चीनबाट आएका मञ्जुश्रीले यहाका वरदा र मोक्षदा (फुलचोकी र चम्पादेवी) को सहायताले नै यहाँको पानी फालिएको भन्ने किंवदन्ती छ ।

तल खाल्टोमा बिशाल पोखरी भएको हुँदा त्यत्तिखेर वस्तिहरु अग्लो डाँडाको भूभागमा रहेको प्रष्टिन्छ । त्यसैले पहाडका टुप्पोका वस्तिमा त्याहाँका गण प्रमुख (फुलचोकी र चम्पादेवी) जस्ता महिलाहरु हुन सक्छन् ।यसरी अध्यन गरी हेर्दा अरु मुलुकका तुलनामा नेपालमा मातृसतात्मक सत्ताका अवशेष अझै रहेको पाइन्छ ।

यी भनाइमा अध्यन गरी हेर्दा नेपालमा पनि मातृसतात्मक समाज थियो । जङ्गली युगको अन्त्यतिर सिकारमा ढुङ्गाको सट्टामा फलामे हतियार बन्न थाल्यो । त्यहि हतियारबाटै हतियारधारी मालिक र अरु दास बन्न पुगे । त्यसैले माओले भन्नु भए झैं “सत्ता बन्दुकको नालबाट जन्मन्छ ।” ति हतियारद्वारा नै सारा वस्तुहरु कब्जा गरी सवैलाई दास बनाइयो । आदिम साम्यवाद युगबाट मातृसतात्मक शासन हावीमा बाधा अड्चन आयो । पहिलाको ठिक विपरित भएर महिला माथि पुरुष शासन हावि हुन पुग्यो । सामन्ति साशन व्यवस्था हुँदै पूँजीवादी व्यवस्थाको मध्यतिर आइपुग्यो ।

मार्क्सको भाषामा “सर्वहारा वर्गले अरु सबैलाई मुक्त पारेपछि मात्र आफू मुक्त हुन्छ ।” भने झैँ “सर्वहारा वर्ग मुक्त भए पनि महिलाहरु मुक्त हुँदैनन् । महिलाहरु सर्वहारा वर्गबाट पनि उत्पिडीत भएका हुन्छन् ।” सवैलाई उन्मुक्ति दिने क्रममा आफु उत्पिडनमा परिरहेका हुन्छन् । यो प्रकृया हाम्रो विद्यमान समाजमा अहिले प्रष्ट देखिन आउँछ ।

क्रान्तिकारी परिवर्तनकामी महिलाः

नेपालमा पनि हिजो सामन्ति युगमा गार्गी, कीर्तिलक्ष्मी जस्ता नारीहरुले अन्यायका विरुद्ध लडेका थिए । राणा साशनका बेला पनि मङ्गलादेवी, पूण्यप्रभा, साहना प्रधान, शान्ता श्रेष्ठ, लगायत महीलाहरुले महिला आन्दोलनको नेतृत्व गर्दै आएका थिए । त्यत्तिखेर महिलाहरुमाथि शिक्षा दिन, लेखपढ गर्न सरकारले बन्देज लगाउँदै आएको थियो । राणा शासन एक जंगी शासन भएकोले बिद्रोह गर्ने आँट कसैले सितिमिति गर्न सक्दैनथे । माथिका नेत्रृहरुले शाहस पूर्वक त्यत्तिखेर आँट गरेकै हुन् ।

२०५२ जनयुद्धको सुरु देखि नै नेकपा माओवादीमा महिलाहरु आवद्ध भैसकेका थिए । उनीहरुको सेल्टरमा व्यवस्थापनको जिम्मेवारी त्यहि भूगोलमा रहेका आमा, दिदीबहिनीहरुले नै सम्हालेका हुन्थे । प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध छापामार युद्धमा सक्रिय हुँदै आएकी शहीद दिलमाया योञ्जन, चुनु गुरुङ, निर्मला देवकोटा, रुवी कुँवर, रेणु दुवाल, जया दाहाल (श्रृष्टि) निर्मला आछामी, मंञ्जु कुँवर, संझना माझी, रिता सिदाली, अनिता माझी, निता मगर लगायत विभिन्न जात जातीका महिलाहरु नै थिए ।

जनयुद्धको क्रममा गिरफ्तारमा परेर गोर्खा लगायतका जिल्लाहरुमा प्रतिकृयावादीको कारागार तोडेर पनि महिलाहरु जनयुद्धमा पुनः सरिक हुन पुगेका थिए । अन्य महिलाहरु शैनिक कमाण्डर समेत बनेर ब्यारेक आक्रमणमा सहभागी भएका घटनाहरु पनि हाम्रा सामु ताजै छन् ।

यस्तै साँस्कृतिक टिममा कयौँ महिलाहरुले शहादत प्राप्त गरे । कति महिलाका शरीर अँग भँग भएका थिए । नेपालको जनयुद्धमा महिलाहरु पुरुषहरु भन्दा बढि लागिपरेका उदाहरण हाम्रा सामु बाँकी नै छ ।

संसदवादी महिलाको भूमिकाः कथन अनुसार “दुध गुनाको बुद्धि र संगतगुनाको फल” भने झैं संसदवादी महिलाको संगतले गर्दा शान्ति प्रकृयामा आएपछि भने नेतृत्वसंगै संसदीय खेलमा लागेर क्रान्तिबाट भाग्ने काम पनि भएका छन् । समग्रमा महिलाहरुले जनयुद्धमा बहादुरी देखाएकै हुन् । कुनैवेला महिला संगठनका नेतृ हुँदै दुई पटक देशका राष्ट्रपतिसम्म बन्न पुग्छन् । तर सत्तामा पुग्दा पनि आफ्ना पतिकोहत्यारा समेत पत्ता लगाउनअसमर्थ भएका छन् ।

१३ वर्षे युवतीको बलत्कार गरी हत्या हुदा उनका अपराधिहरुपत्ता लगाउन सक्दैनन् । दाइजोको निहूँमा बर्षै पिच्छे सयौँ महिलाको हत्या हुन पुगिरहेका हुन्छन् । छाउपडि प्रथाले वर्षै पिछे सयौंको अकालमा मृत्यु भैरहेका छन् । बोक्सी प्रथाले सयौं महिलाहरु यातनाको सिकार भै रहेका छन् । बालविबाह रोकिएको छैन । प्रहरी महिला सेल, महिला तथा बालबालिका मन्त्रालय बनाए पनि यो निरिह बनिरहेको छ । यसलाई राज्य पक्षबाटै उत्पीडकको संरक्षण भै रहेको देखिन्छ । यस्तो परिस्थितिमा राष्ट्रपति, प्रधानमन्त्री लगायतले १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशमा शुभकामना सन्देश फलाक्दा अन्तर्राष्ट्रिय महिला सामु शरम पनि लाग्दो रहेनछ ! आम जनताको यहि बुझाई रहेको छ ।

हामीकहाँ सहासिला नारीहरु प्रसस्तै छन् । उनीहरुकाके मनोबल गिर्न दिनुहुँदैन । महिला संठनको नाउँमा कतिपय महिलाहरुले साम्राज्यवादको दलाली तथा नोकरी गरेर श्रमिक महिलाहरुलाई भ्रम दिइरहेका छन् । त्यस्ता महिलाहरुलाई आम श्रमिक महिलाले समयमानै चिन्न सक्नुपर्दछ । नेपाली महिलाहरुले सर्ब प्रथम बर्ग दुष्मन चिन्न पर्दछ ।

यो समाजलाई रुपान्तरण गर्न श्रमिक महिला र श्रमिक पुरुष दुवै मिलि अग्रगामी दिशातर्फ लैजान सक्नु पर्दछ । महङ्गा कपडा, सुनका गहना, बडाघरका छानाको सपना देख्न छाडि श्रम, रोजीरोटी र आम मुक्तिको बाटो रोज्जु पर्दछ । गरिखाने वर्ग र गरेको खाने वर्ग बिचको दुरी नाप्न जान्नुपर्दछ । छिमेकीहरुको देखासिकी भन्दा आफ्नो वर्ग मित्र खोज्नुपर्दछ ।

श्रमको महत्व बुझेर अनिवार्य शारीरिक वा मानसिक श्रमलाई रोज्नुपर्दछ । सामाजिक र राजनीतिक कार्यमा अनिवार्य भाग लिनै पर्छ । तब मात्र महिला माथिको उत्पिडन र उत्पादनको साधनहरुको नीजि स्वामित्व एवं मानिसद्वारा मानिसको शोषण विचको अन्तर सम्बन्धलाई प्रष्ट पार्दै लैजान सकिन्छ । महिलाहरुले यो कार्यक्रम एक दिन मात्र मनाएर पुग्दैन ।

यस्ता महिला जागरण कार्यक्रमहरु टोल–टोल, गाउँ–गाउँमा सम्पूर्ण महिला श्रमिकहरुको इकाई समिति बनाएर लान सक्नु पर्छ । तब मात्र महिलाहरुको अधिकार प्राप्तिको लागि संगठनको तर्फबाट आन्दोलन उठाउन सकिन्छ ।

तसर्थ नारीहरुले इतिहासको पानाबाट शिक्षा लिएर हामी पुरुष भन्दा कम छैनाँै । हाम्रो जिन्दगी चुलो चौकोमा मात्र सिमित हुने छैन । जीवनको हरेक परिस्थितिको डटेर सामना गर्दै नेपालमा नयाँ जनवादी क्रान्ति पुरा गर्ने दायित्व हाम्रो काँधमा आई परेको छ । यसको लागि

हाम्रा हातले यो पितृसतात्मक व्यवस्थालाई उल्टाएर पुनः साम्यवादी व्यवस्था ल्याउन हर हमेसा तयार रहने छौं ।” भन्ने शब्द आजबाटैसंपूर्ण महिलाहरुले प्रतिवद्धता गरौं । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस जिन्दावाद !