क्रान्तिकारी माओवादी निकट अनेमसंघ (क्रान्तिकारी)ले मनायो देशैभर श्रमिक महिला दिवस (फोटो फिचरसहित)

प्रकाशित मिति : २०७५ फाल्गुन २५


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अनेमसंघ (क्रान्तिकारी)ले देशैभर १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । काठमाडौं उपत्यकामा संगठनको केन्द्रीय समतिकिो ओयाजनामा रत्नपार्क शान्तिबाटिकामा कोणसभाको आयोजना ग¥यो । उपत्यकाको कोणसभालाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस, संगठनकी केन्द्रीय अध्यक्ष अम्बिका मुडभरी, प्रा.डा. जगदीशचन्द्र भण्डारी लगायतका नेताहरुले सम्बोधन गरे । रुपा गेलालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संगठनकी महासचिव शारदा महतले गरेकी थिइन् । स्वागत मन्तव्य विष्णु न्यौपानेले गरेकी थिइन् । कार्यक्रममा क्रान्तिकारी कविताहरु समेत वाचन गरिएको थियो ।

सप्तरीको कदमाहामा पनि अनेमसंघ (क्रान्तिकारी)ले १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । संगठनकी जिल्ला अध्यक्ष सुस्मा लोहनीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी)का केस तथा सप्तरी इन्चार्ज मोहन तामाङ, पार्टी सचिव अछ्मित चौधरी, देजमो अध्यक्ष सुर्यनारायण चौधरी लगायतले सम्बोधन गरेका थिए ।

अनेमसंघ (क्रान्तिकारी) रुपन्देहीको आयोजनामा श्रमिक दिवस कार्यक्रम सम्पन्न गरिएको छ । संगठनकी जिल्ला अध्यक्ष दीपा सिटौलाको अध्यक्षता तथा कमला गौतमको सञ्चालनमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी)का पीविएम प्रेम सुवेदी, बिशेश अतिथि अनेमसंघ (क्रान्तिकारी) की केस निमकला पुन, पार्टी जिल्ला सचिव बिनोद मरासिनी, देजमो नेपाल लिल्ला सयोजक आरपि शर्माले मन्तव्य राखेको थियो भने स्वागत चिजा श्रीसले गरेकी थिइन् । प्रतिभा सुवेदीले स्वागत गीत प्रस्तुत गरेकी थिइन् ।

बर्दियामा जुलुस प्रदर्शनसहित सभा सम्पन्न गरी श्रमिक महिला दिवस मनाइएको छ । शारदा सिंहले सञ्चालन गरेको सभाको अध्यक्षता ममता गौतमले गरेकी थिइन् । क्रान्तिकारी माओवादीका केस भुपेन्द्र न्यौपानेले प्रमुख अतिथिको रुपमा सभालाई सम्बोधन गरेका थिए ।


नेतृ अम्बिका रेग्मीको प्रमुख आतिथ्यतामा उदयपुरको सदरमुकाम गाईघाटमा अनेमसंघ(क्रान्तिककारी)ले श्रमिक महिला दिवस मनाएको छ । पार्टी कार्यालयमा भएको कार्य क्रमको अध्यक्षता हिरा मगर, सञ्चालन रिता मगर र स्वागत उमा परियारले गरेकी थिइन् ।

सुर्खेतमा चियापान कार्यक्रम गरी श्रमिक महिला दिवस मनाइएको छ । अनेमसंघ (क्रान्तिकारी)को आयोजनामा भएको कार्यक्रममा क्रान्तिकारी माओवादीका केस तथा कर्णाली प्रदेशका निमित्त सचिव कृष्ण गुरुङ, पार्टी सचिव श्याम कार्की लगायतको उपस्थिति रहेको थियो ।

दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिकाको वडा नं.३ को चामुण्डा कलेजमा अनेमसंघ (क्रान्तिकारी)ले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाएको छ । उक्त कार्यक्रमको अध्यक्षता कल्पना आचार्यको रहेको थियो भने प्रमुख अतिथि संगठनकी केस कमला चन्द रहेकी थिइन् । र, साबित्रा शाही विशेष अतिथि रहेकी थिइन् ।

यसैगरी, नेपाली एकता समाज, भारत जम्मुकश्मिर राज्य समितिले लेह कार्यलय मा लेह(लदाख महिलाअध्य ईश्वरीवर शर्माको अध्यक्षता र लक्मी जि.एम.को सञ्चाल र कोषाध्य जानुकाको स्वागतमा गरिएको आठ मार्चसम्बन्धी विशेष कार्यक्रममा विकास गुरुङ, लेह नगर बाट उपाध्यक्ष शोभा राम, सचिव सोनम तामाङ, चोकलामसर नगरबाट कामी शेर्पाले आ–आफ्ना महिलामाथि हुने हिंसा र विभेदबारे मन्तव्य राखेका थिए । राज्य समिति ईन्चार्ज नविन थापाले वर्गीय मुक्ति आन्दोलनको नेतृत्वमा गरिने महिला मुक्ति आन्दोलनबाट नै शोषित–उत्पीडित महिलाहरुको वास्तविक मुक्ति हुने कुरा बताएका थिए ।

प्राप्त जानकारी अनुसार गुल्मी, रुपन्देही, झापा, कास्की, ओखलढुंगा, दाङ, बाँके, कञ्चनपुर लगायतका जिल्लाहरुमा पनि विभिन्न कार्यक्रम गरी १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सत्यवती गाउँपालिका ३ को आयोजनामा सम्पन्न १०९आंै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ठूलो लुम्पेकको श्री धर्मपुर प्रावि शाखामा भव्य समारोहको बीच सम्पन्न भयो । दानमाया थापाको सञ्चालन, टोपली रानाको अध्यक्षता, लिला तरामुको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमलाई संगठनकी केन्द्रीय कोषाध्यक्ष तेज कुमारी थापाले सम्बोधन गरेकी थिइन् । देउरालीबाट शुरु भएको ¥याली धर्मपुर प्रा.वि.शाखामा पुगी सभामा परिणत भएको थियो । कार्यक्रममा पञ्चेबाजा र साँस्कृतिक झलकहरु समेत प्रस्तुत गरिएको थियो ।

‘महिला सुरक्षा, मुक्ति र जनगणतन्त्रका लागि संघर्ष गरौं, १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाऔं’ भन्ने मूल नाराका साथ मनाइएको श्रमिक महिला दिवसमा क्रान्तिकारी महिलाहरुले ‘बलात्कारीलाई फाँसी दे, महिलामाथि हुने हत्या, हिंसा, बलात्कारको अन्त्य गर, पैतृक सम्पत्तिमा समान अधिकार लागू गर, राज्यसत्तामा विशेषाधिकारसहित पूर्ण समानुपातिक महिला प्रतिनिधित्वको ग्यारेण्टी गर, समान कामको समान ज्याला कायम गर, सम्पूर्ण उत्पीडित महिलाहरु एक होऔं, महिला मुक्ति आन्दोलन जिन्दावाद’ लगायतका नाराहरु लगाएका थिए ।