काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेमसंघ (क्रान्तिकारी) र विप्लव नेकपा निकट महिला संगठनले रत्नपार्क शान्तिबाटिकामा छुट्टाछुट्टै विशेष कार्यक्रमको आयोजना गरी १०९ औं महिला दिवस भव्य रुपमा मनाएका छन् । क्रान्तिकारी माओवादी र विप्लव नेकपाका क्रान्तिकारी महिलाहरुको कार्यक्रमले गर्दा रत्नपार्क शान्तिबाटिका क्रान्तिकारी महिलामय भएको थियो । विप्लव नेकपा निकट महिला संगठनको कार्यक्रमलाई भने प्रहरीले हस्तक्षेप तथा धरपकड गरेको थियो । र, केही महिला नेतृहरुलाई प्रहरीले गिरफ्तार समेत गरेको महिला नेतृहरुले जनाएका छन् । शान्तिपूर्ण रुपमा गर्न लागिएको कार्यक्रममाथि गरिएको हस्तक्षेपको क्रान्तिकारी माओवादी निकटक अनेमसंघ (क्रान्तिकारी)ले घोर भत्र्सना तथा कडा शब्दमा निन्दा गरेको छ ।


क्रान्तिकारी माओवादी निकट महिलाहरुले गरेको कार्यक्रमलाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस, अनेमसंघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष अम्बिका मुडभरी, प्रा.डा. जगदीशचन्द्र भण्डारीलगायतका नेताहरुले सम्बोधन गरेका छन् । संगठनकी सचिव रुपा गेलालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संगठनकी महासचिव शारदा महतले गरेकी थिइन् । कार्यक्रममा क्रान्तिकारी माओवादीका पिविएम पवनमान श्रेष्ठ, केस हुकुमबहादुर सिंह, प्रा.डा. जगदीशचन्द्र भण्डारी, सुरेश श्रेष्ठ, इश्वरचन्द्र ज्ञवालीलगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा महिला नेतृ तथा कवियत्रीहरुले क्रान्तिकारी कविताहरु प्रस्तुत गरेका थिए । 

हार्दिक शुभकामना !

 

प्रतिक्रिया

सम्बन्धित खवर