चितवन । मेची–महाकाली जनजागरण अभियान समापन समारोहलाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिव तथा पश्चिमी अभियानका नेता परि थापाले वर्तमान दलाल व्यवस्था, सत्ता र संविधान परिवर्तनका लागि सम्पूर्ण क्रान्तिकारी शक्तिहरु एकढिक्का हुनु पर्दछ भनेका छन् । आज चितवनको चौविसकोठीमा भएको सभालाई सम्बोधन गर्दै नेता थापाले वर्तमान लोकतान्त्रिक गणतन्त्र जनताको गणतन्त्र हुन नसकेकोले अब जनताको गणतन्त्र स्थापना गर्नका लागि संघर्ष गर्नुको विकल्प नरहेको बताए । ओली नेतृत्वको सरकारले माफिया, भ्रष्टाचार, अपराधलाई संरक्षण गर्दै अपराधलाई राजनीतिकरण र राजनीतिलाई अपराधीकरण गरेको टिप्पणी गरे ।

हार्दिक शुभकामना !

अहिलेको सरकारले ल्याएको भनिएको संघीयता, समावेशी, समानुपातिक नक्कली, ढोंगी, पाखण्डी, गलत र भ्रमपूर्ण रहेको भन्दै यसको भ्रममा नपर्न सबै शोषित उत्पीडित जनमुदायमा नेता थापाले अपिल समेत गरे ।

मोर्चाका सचिवालय सदस्य तथा ३ नंं. प्रदेशका संयोजक पवनमान श्रेष्ठको अध्यक्षतामा भएको समापन सभाको सञ्चालन मोर्चाका सचिवालय सदस्य तथा ५ नं. प्रदेशका संयोजक केवी गुरुङले गरेका थिए । समारोहको प्रमुख आतिथ्यता मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको रहेको थियो भने अतिथिहरुमा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल, पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस, पार्टीका सल्लाहकार संयोजक डा. ओम गुरुङ, पार्टी पिविएमहरु इन्द्रमोहन सिग्देल, सीताराम तामाङ, कमल चौधरी, केशबहादुर परियार, चन्द्रहरि सुवेदी, दिनेश शर्मा, मोर्चाकी सचिवालय सदस्य तथा चितवन जिल्ला इन्चार्ज अम्बिका मुडभरी, पार्टी सल्लाहकार भुमेशवर कँडेल, मगर मोर्चाका अध्यक्ष निलबहादुर पुन, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुु््रेल, मधेसी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष विरेन्द्र यादव, दलित मुक्ति मोर्चाका अध्यक्ष अमर परियार, तामाङ मोर्चाका अध्यक्ष फुर्नाम्गेल मोक्तान रहेका थिए । सभालाई स्वागत नेतृ अम्बिका मुडभरीले गरेकी थिइन् । समापन सभामा सामना साँस्कृतिक परिवारको केन्द्रीय टोलीले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गरेको थियो ।

उल्लेख्य रुपमा जनसमुदायको समेत उपस्थिति रहेको अभियान समापन सभा भव्य र आकर्षक बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर