दैलेख । नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको मेची–महाकाली अभियान तथा सहिद सप्ताहको सन्दर्भ पारेर दैलेखको नौमुलेमा सहिद तथा वेपत्ता परिवारहरुलाई संगठित गरेको छ । १९ फागुनमा गरिएको भेलाले नौमुले गापा स्तरीय सहिद तथा वेपत्ता योद्धा परिवार समाज निर्माण गरेको छ ।

हार्दिक शुभकामना !

प्राप्त जानकारी अनुसार पार्टीका केस तथा दैलेख इन्चार्ज दिपक शाहीको प्रमुख उपस्थितिमा ६० जना सहिद परिवारहरुको भेला गरी उनीहरुलाई पार्टी निकट सहिद तथा वेपत्ता योद्धा परिवार समाजमा संगठित गरिएको हो । भेलामा ६० जना सहिद तथा वेपत्ता परिवारका सदस्यहरु उपस्थित थिए । उनीहरु प्रायः तत्कालीन माओवादी केन्द्रमा आवद्ध रहेका र पछि माकेलाई एमालेमा विलय गराएपछि क्रान्तिकारी माओवादीमा संगठित भएका हुन् । कार्यक्रममा सहिद परिवारहरुले सहिद तथा वेपत्ता योद्धाहरुका अधुरा सपना र अपुरा संघर्ष पूरा गर्ने अठोटसहित क्रान्तिकारी माओवादीमा ध्रुवीकृत हुन आइपुगेको बताएका छन् ।

प्राप्त जानकारी अनुसार भेलाले गोपी थापा अध्यक्ष रहेको १५ सदस्यीय नौमुले गाउँपालिका स्तरीय सहिद तथा वेपत्ता योद्धा परिवार समाजको निर्माण गरेको छ । उक्त समाजको उपाध्यक्षमा कृष्णबहादुर खड्का, सचिवमा गीता थापा, कोषाध्यक्षमा देउरुपा पुन र सदस्यहरुमा अनिता जैसी, चन्द्रा रोका मगर, विवा थापा, धनसरा सुनपहराई, रुपा मगर, नरबहादुर आले, खगीसरा राना, लिला चन्द, ऐमान खत्री लगायत रहेका छन् ।

सोही भेलाले नौमुले गापा स्तरीय पार्टी कमिटि समेत निर्माण गरेको छ । कमरेड केहेरसिंह बुढा इन्चार्ज, कमरेड विरबहादुर रोकामगर सचिव, वलबहादुर नेपाली देजमो नेपालको अध्यक्ष र सदस्यहरुमा गोपी थापा, ऐमान खत्री, नरबहादुर आले, पदमकला न्यौपाने, गीता थापा, खगिसरा राना, पवित्रा जैसी, सिर्जना खबीलगायत सदस्य रहेको पार्टी कमिटि निर्माण गरिएको छ ।

पार्टी तथा समाजको पहिलो बैठकले स्थानीय निकायमा सहिद तथा वेपत्ता योद्धा परिवारलगायत स्थानीय जनताका समस्याहरुलाई लिएर ज्ञापन पत्र बुझाउने तगायतका संघर्षका कार्यक्रमहरु तय गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर