मेची–महाकाली अभियानको नवलपुर च्याप्टर : चार ठाउँमा कोणसभा, कावासोतीमा जनसभा सम्पन्न

मेची–महाकाली अभियानको नवलपुर च्याप्टर : चार ठाउँमा कोणसभा, कावासोतीमा जनसभा सम्पन्न


कावासोती । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको नेतृत्वमा सञ्चालित मेची–महाकाली अभियानले नवलपुरको चार स्थानमा कोणसभा र कोवासोतीमा जनसभा सम्पन्न गरेको छ । अभियान टोलीले सोमबार विहान दुम्किबास, अरुणखोला, चोरमारा र डण्डामा कोणसभा र कावासोतीमा जनसभा सम्पन्न गरेको हो ।


प्राप्त जानकारी अनुसार दुम्कीबासमा क्रान्तिकारी माओवादीका केस अशोक लम्साल, अरुण खोलामा पार्टी केस हिरामणि दुःखी, चोरमारामा केस अशोक लम्साल, डण्डामा केस पिताम्बर आचार्यले सम्बाधेन गरेका थिए ।


कावासोतीको जनसभालाई भने मोर्चाका केन्द्रीय सचिव परि थापा, मोर्चाका सचिवालय सदस्य तथा ४ नं. प्रदेशका संयोजक केशबहादुर परियार, पार्टी केसहरु धनेश्वर पोखरेल, अशोक लम्साल, निलबहादुर पुनलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
सम्बोद्धनका क्रममा नेताहरुले देश भ्रष्टाचारको दलदलमा फसेको तर यो सरकार उल्टै भ्रष्टाचारी, दलाली, घुसखोरी, बलात्कारीलाई संरक्षण गर्न लागिपरेको आरोप लगाएका थिए ।


पश्चिम कञ्चनपुरको गड्डाचौकीमा उद्घाटन भई ७, ५ र ६ नंं. प्रदेशका विभिन्न जिल्लाहरुमा कोणसभा, जनसभा, पत्रकार भेटघाट तथा सम्मेलन, सीमा निरीक्षण लगायतका कार्यक्रम सम्पन्न गर्दै मोर्चाका सचिव परि थापाले नेतृत्व गरेको अभियान टोली र पोखरामा उद्घाटन भई ४ नं. प्रदेशका विभिन्न जिल्लाहरुमा कोणसभा तथा जनसभा सम्पन्न गरी मोर्चाका सचिवालय सदस्य केशबहादुर परियार नेतृत्वको अभियान टोली नवलपुरको दुम्कीबासमा भेट भई संयुक्त कार्यक्रम गर्दै चितवनतर्फ अगाडि बढेका छन् । चितवनको चौविसकोठीमा समापन गरिने कार्यक्रममा यी दुवै टोलीको सहभागिता हुनेछ ।