काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी पार्थिव रुपमा अब हाम्रो माझ रहेनन् । उनको शनिबार राती ९ः३५ मा काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको छ । दीर्घायु भएका ८३ वर्षीय अधिकारीकोे दुई हप्ताअघिदेखि सघन उपचार कक्षमा उपचार भइरहेको थियो । निमोनिया, श्वासप्रश्वास, आदि समस्याबाट पीडित अधिकारी लगातार २ महिना अघिदेखि अस्पतालमा उपचार गराइरहेका थिए ।

बि. सं. १९९३ मा महोत्तरी जिल्लामा जन्मिएका अधिकारी जीवनभर सामाजिक, राजीतिक तथा स्वयम्सेवीका रुपमा जनताका माझमा रहे । सानैदेखि वाम राजनीतिमा झुकाव राख्ने अधिकारी नेपालीमा चल्दै आएका वाम तथा प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुँदै आइरहे ।

हार्दिक शुभकामना !

पछिल्लो पटक नेकपाका स्थायी समिति सदस्य रहेका अधिकारी एमालेको सरकार बन्दा अर्थमन्त्रीका रुपमा रहँदा वृद्धभत्ता, आफ्नो गाउँ आफै बनाऔं कार्यक्रम र स्थानीय निकायमा विकास बजेट विनियोजन गरेर चर्चामा आएका थिए । सामाजिक सुधारका कार्यक्रमले उनलाई जनताका माझमा चिनाएको थियो ।

अधिकारीको पार्थिव शरीर आइतबार विहान श्रद्धान्जलीका लागि नेकपा पार्टी कार्यालय धुम्बाराहीमा राखिने र त्यसपछि आइतवार नै शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कार हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर