
बारा । बारा इनरुवाका युवाहरु नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालमा प्रवेश गरेका छन् । प्रवेश गर्ने युवाहरुलाई मोर्चाका केन्द्रीय अध्यक्ष सिपी गजुरेल, क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य हरिभक्त कँडेल, पार्टी पिविएम तथा २ नं. प्रदेश सचिव कृष्णदेव सिंह दनुवार, मोर्चाका सचिवालय सदस्य तथा २ नं. प्रदेशका संयोजक कमल चौधरी, मधेसी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष महेश यादव लगायतका नेताहरुले प्रवेश गर्ने युवाहरुलाई अविर तथा खादा लगाएर भव्य स्वागत गरेका थिए ।
देजमोमा प्रवेश गर्ने युवाहरुमा संजय प्रसाद यादव, मिनादेवी ठाकुर, श्यामसुन्दर यादव, सिकेन्द्र पटेल, बैजनाथ यादव, दिपेन्द्र प्रसाद यादव, अनारवा देवी लगायतका युवा रहेका छन् । उनीहरु स्थानीय समाज उत्थान युवा क्लवमा आवद्ध रहेका थिए । यही क्लवका युवाहरुले मेची–महाकाली अभियान टोलीलाई बाराको इनरुवामा भव्य स्वागत समेत गरेको थियो ।































