ओली सरकारले भ्रष्टाचार र अपराधलाई संस्थागत गर्यो : परि थापा

ओली सरकारले भ्रष्टाचार र अपराधलाई संस्थागत गर्यो : परि थापा

बुटवल । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य समेत रहेका देशभक्त जनगाणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिव परि थापाले वर्तमान ओली सरकाले भ्रष्टाचार र अपराधलाई संस्थागत गरेको आरोप लगाएका छन् । पार्टी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको नेतृत्वमा जारी मेची–महाकाली अभियानको क्रममा आज (शनिबार) रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै नेता थापाले सत्तारुढ नेकपा नक्कली कम्युनिष्ट भएको टिप्पणी गरे । पार्टी नक्कली कम्युनिष्ट भएजस्तै संविधानमा लेखिएको संघीयता र धर्मनिरपेक्षता समेत नक्कली रहेको बताए ।

त्यस्तै राष्ट्रपति र प्रधानमन्त्री ओलीले धर्मनिरपेक्षताको खिल्ली उडाउदै एकल धर्मको कार्यक्रममा मात्र सरिक हुनु त्यसैको परिणाम रहेको नेता थापाको भनाइ थियो ।

क्रान्तिकारी कम्युनिष्टहरुबीच एकता गर्नुपर्ने कुरामा ध्यान दिनुपर्ने बताउदै उनले भने, ‘तर ओलीजी र प्रचण्डबीच भएको एकता जस्तो होइन ।’

यसैबीच,। मेची महाकाली जनजागरण अभियान अन्तरगत लुम्बिनीस्थित पर्साचोक र सैनामैना नगरपालिकाको रामापुर कलोनीमा शनिबार कोणसभा सम्पन्न भयो । लुम्बिनीको पर्साचोकमा भएको कोणसभामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हिरामणी दुःखी र अर्का नेता मोजिव अलीले सम्बोधन गरे । त्यस्तै रामापुर कोलोनीमा भएको कार्यक्रमलाई क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला ईञ्चार्ज धनेश्वर पोख्रेलले सम्बोधन गरे । अभियान टोलीले आइतबार पश्चिम नवलपरासीको सुनवलको अस्नैया परासी गोबरहीया गोपीगंज बर्दघाट दाउन्नेदेवीमा कार्यक्रम गरी सोमबार नवलपुर पुग्ने कार्यक्रम रहेको छ ।