
काठमाडौं । एक भेलाका बीच नेकपा (क्रान्तिकारी माओवादी) निकट धादिङ र गोरखाको जनगणतान्त्रिक सम्पर्क मञ्चको गठन गरिएको छ । काठमाडौंको सामाखुसीमा आयोजित एक भेलाले गोरखा र धादिङ जिल्लाको सम्पर्क मन्च गठन गरेको हो ।

भेलाले विमेश श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय धादिङ–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्च गठन गरेको छ भने यो सम्पर्क मञ्चमा प्रशान्त शाही सहसंयोजक रहेका छन् । र, सदस्यहरुमा लक्ष्मी शाही, जीवन गुरुङ, भेषराज पराजुली, ज्ञानु शाही, भिम तामाङ, विक्रम श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ लगायत रहेका छन् ।
त्यसैगरी भेलाले किरण कार्कीको संयोजकत्वमा ७ सदस्सीय गोरखा–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्च गठन गरेको छ । यो सम्पर्क मञ्चमा दिवश केसी सहसंयोजक रहेका छन् भने सदस्यहरुमा क्रमशः आशिष थापा, अनिल खड्का, नवीन थापा लगायत रहेका छन् ।
मञ्चका केन्द्रीय सचिव कुमार बोगटीको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न भेलालाई प्रमुख अतिथिको रुपमा क्रान्तिकारी माओवादीका केस तथा मञ्चका केन्द्रीय संयोजक वसन्त बोगटीले सम्बोधन गरेका थिए ।





























