
धनुषा । धनुषा जिल्लाको किसान नगर र धनुषाधाम दुई स्थानमा मंगलवार मध्यान्हमा कोणसभाहरु भव्यरुपमा सम्पन्न भएका छन् । देशभक्त जनणतान्त्रिक मोर्चा नेपालको नेतृत्वमा मेचीमहाकाली जनजागरण अभियान अन्तर्गत यी कोणसभाहरु सम्पन्न भएका हुन् ।
धनुषाको किसान नगरमा सम्पन्न कोणसभामा देजमो प्रदेश सचिव रामनारायण सिंहले सम्बोधन गरेका थिए । यो कार्यक्रमको सञ्चालन तथा सहजीकरण नेता कृष्णदेव सिंहले गरेका थिए ।
त्यसै गरी किसान नगरको कोणसभा लगत्तै धनुषाधाममा सम्पन्न भएको अर्को कोणसभालाई नेकपा (क्रान्तिकारी माओवादी) धनुषाका पार्टी संयोजक क. शितलले संबोधन गरेका थिए ।
कोणसभाको कार्यक्रमको उद्घोषण तथा सञ्चालन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक नन्दकुमार झाले गरेका थिए ।
यी दुई कोणसभा सम्पन्न भएपछि मेचीमहाकाली अभियान टिम जनकपुरमा एक वृहद् अन्तरक्रिया कार्यक्रममा जुटिरहेको छ ।