नेकपामा एकता कार्यदल बिघटन : एमाले–माके एकता भीरमा फलेको फर्सी

प्रकाशित मिति : २०७५ फाल्गुन १४

- विदेशी शक्तिले जे गराउन चाहेका हुन् त्यही हुन्छ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी एकताका लागि गठन गरिएको कार्यदल बिघटन गरेपछि सत्ताधारी दलभित्र थप अन्यौलता छाएको छ । सिर्जित यो अन्यौलतासँगै कार्यदल बिघटनको विपक्षमा रहेका नेताहरु छुट्टै प्रतिवेदनको तयारीमा लागेका छन् । तयार हुँदै गरेको उक्त प्रतिवेदन कार्यदल बिघटन गर्ने शीर्ष नेतृत्वलाई बुझाइने बताइएको छ ।

सचिवालयको बैठकमा कार्यदलबारे थोरै पनि कुरा नहुँदै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा वैठकले पर्टी एकता कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको थियो । तात्कालीन एमाले र माकेका बीचमा विदेशीहरुको स्वार्थ र दबाबका कारण एकता भएको थियो । स्वार्थ यसकारण कि कम्युनिष्ट नामधारीहरुलाई सत्तामा पुर्याएर सिध्याइदिने, त्यो पनि एमालेमाकेलाई एकैपटक । पूर्व माओवादी केन्द्रमा दबाब यसकारणले कि युद्धकालिन मुद्दा र त्यसमा पनि विशेष गरी पुष्पकमल दाहाल लगायका शीर्ष नेताहरुलाई या त अन्तर्राष्ट्रिय अदालत हेगमा तानिदिने या त स्वदेशमा नै दाहाललाई भ्रष्टाचारको मुद्दा लगाउने र जेल हालिदिने । त्यसैगरी पूर्व एमालेमा दबाब यसकारणले कि पूर्व माओवादी केन्द्र नमिसाए दुईतिहाई आउँदैन र कांग्रेसले सधैं राज गरिरहन्छ । यिनै गञ्जागोल अन्तरविरोधहरुमा विदशी शक्ति निकै खेलेका छन् र राज गरिरहेका छन् ।

ओलीले अघि सारेको पार्टी एकता कार्यदल विघटनको प्रस्ताव ओली सरकारकै विरुद्धमा छ, तर उनी विदेशी शक्तिको दबाबका कारण यसो गर्न मजबुर छन् । किनकि यो सरकार नै विदेशी शक्तिहरुको प्रायोजित र दलाल सरकार हो ।

पुष्पकमल दाहाल एकता कार्यदल विघटनको प्रस्ताव ल्याइँदा ‘चुँ’सम्म बोल्न सक्दैनन् । उनले विदेशी शक्तिका सामु पहिल्यै घुँडा टेकेर आत्म समर्पण गरिसकेका छन् । उनी हायलकायल र ‘चेत बाबा काँशी’ भएका छन् । एउटा खुला रहस्य त के पनि हो भने यिनै अन्तरविरोधमा छेलिदै र बच्दै गर्न दाहालले ओलीको कुटीमा मुस्किलले बास पाएका छन् । फूर्ति देखाउन खोजेमा त्यो बास पनि भुट्टिने छ । आफ्नो घरमा आगो लगाएर, आफूले टेकेको धर्ती र जग भत्काएर रामभरोसेमा बाँच्न खोज्ने कायरहरुको जीवन यसो हुने गरेको स्वयम् इतिहास साक्षी छ ।

दाहाललाई चूप लाग्दालाग्दै पनि अझ फसाइँदै छ । असन्तुष्टहरुलाई दाहालको पक्षमा फोटो टँसाएर पत्रिकाहरुमा देखाएर आत्म सन्तुष्टि लिन लगाइएको छ । यो सफेद झूठ र बकबास हो । यस्ता हर्कत दाहालकै आफन्त र नजिकका मानिने मानिसहरुले गरिरहेका छन् । नेकपामा एकता विदेशी शकिकतको इच्छा र स्वार्थमा हुने छ । जुन दिन पूर्ण एकता भएको भनिनेछ, त्यसै दिनबाट नेकपा र यसको दुईतिहाई बहमतको भनिएको सरकारको बिघटन सुरु हुने निश्चित छ । त्यो दिन शायद आइपुग्दै छ ।

नेपाली राजनीतिका बारेमा केही थोरै पनि जानकारी राख्नेले थाह पाइसकेका छन् कि नेपालमा सत्य निरुपण तथा मेलमिलाप आयोगले काम पूरा गर्न सक्ने छैन । किनकि त्यो गर्न दिइने छैन । यो मुद्दा टुंग्याए पनि विदेशीले फैसला गर्ने छन् र दाहाल लगायतकाहरुको घाँटीमा फाँसी पर्ने छ र नटुग्याए पनि यो मुद्दा लगातार उठाएर उनीलगायतकाहरुको घाँटीमा फँसी राखिदिइरहने छन् । यी सबै दाहाल स्वयम्कै कारणले भएको हो । उनी समर्राको यात्रा (अ भिजिट टु समर्रा) मा छन् । एमालेमाकेको नेकपा एकता पनि सारमा यसै कुरासँग अभिन्न रुपमा जोडिएको छ । त्यसैले पार्टी एकता कार्यदल बिघटनमा ओली दाहाल एकै ठाउँमा छन् । उनीहरु त्यसो गर्न बाध्य बनाइएका छन् । खोलो किन सङ्लिदैन, मूल धमिलो भएर