सिराहा । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको नेतृत्वमा सञ्चालित मेची–महाकाली जनजागरण अभियान टोलीले सिराहाका विभिन्न १२ स्थानहरुमा कोण सभा सम्पन्न गरेको छ । प्रायः सबै कोणसभामा मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यता र क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य हरिभक्त कँडेलको विशेष आतिथ्यता रहेको थियो भने ती कोणसभाहरुमा पार्टी पीविएम तथा २ नं. प्रदेशका सचिव कृष्णदेवसिंह दनुवार, पीविएम तथा मोर्चाका २ नंं. प्रदेश संयोजक कमल चौधरी, पार्टी केसहरु जितेन्द्र सिंह, मोहनसिंह तामाङ, मोर्चाका केस तथा २ नं. प्रदेश सचिव रामनारायण सिंह लगायतका नेताहरु अतिथिको रुपमा उपस्थित रहेका थिए ।
अभियान टोलीलाई सिराहाको लहान बजारमा आइतबार भव्य स्वागत गरिएको थियो । उक्त टोलीले जिल्लाको भगवानपुर गाउँपालिकाको ठाढी, भगवानपुर हुलाकी रोड चोक, नवराजपुर गाउँपालिकाको सोनवर्षा चोक, बरियारपट्टी गाउँपालिकाको कजरा चोक, बरियारपट्टीको खोक्सि जानकीनगर, बरियारपट्टी चोक, सुखीपुर नगरपालिका, धनगढीमाई नगरपालिका लगायतका स्थानहरुमा आइतबार कोणसभाहरु सम्पन्न गरेको थियो ।
त्यस्तै अभियान टालीले सोमबार सिराहा सदरमुकाम, कल्याणपुर नगरपालिका, पुरानो चोहर्वा चोक र लहान नगरपालिकामा कोण सभा सम्पन्न गरेको छ ।
कोणसभामा सम्बोधन गर्ने अधिकांश नेताहरुले संसदीय व्यवस्था दलालीकरणको संरक्षणमा देखिएको भन्दै त्यसको विकल्प खोज्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले सडक आन्दोलन वा सडक संघर्षको माध्यमबाट वर्तमान व्यवस्थाको खारेज गरी जनताको संघीय जनगणतन्त्र ल्याउन सकिने भन्दै जनतालाई संघर्षमा उत्रिन आह्वान गरेका थिए ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर