काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले अष्ट्रेलियामा चिकित्सा शिक्षा अध्ययनका लागि भनेर पठाइएका हजारौं विद्यार्थी बिचल्लीमा पारेको भनेर उक्त शिक्षा पढ्न पठाउने कन्सल्टेन्सीमाथि कडा कारवाही गरिने चेतावनी दिएको छ । उक्त चेतावनी अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव तथा प्रदेश नम्बर ५ का विद्यार्थी संयोजक महेश श्रेष्ठले सोमवार जारी गरिएको विज्ञप्तिमार्फत् दिइएको हो ।

हार्दिक शुभकामना !

विज्ञप्तिमा जनाइएअनुसार अष्ट्रेलियामा रहेको केआईबिटी कलेजमा नर्सिङ संकाय अध्ययनका लागि भनेर पठाइएका हजारदेखि बाह्रशय नेपाली विद्यार्थी अलपत्र परेका छन् । अष्ट्रेलियामा केआईबीटी नाम गरेको कुनै पनि चिकित्सा संस्था दर्ता नै नभएको पनि उक्त विज्ञप्तिमा जनाइएको छ । अस्तित्वमा नै नभएका संस्थाहरुमा अध्ययनका लागि भनेर नेपालका कुनकुन कन्सल्टेन्सीहरुले यस्ता ठगी कामहरु गरे यसको खोजबिन गरी कारवाही गरिने पनि अखिल (क्रान्तिकारी) ले जनाएको छ ।

विदेशमा गएर दुःख पाएका विद्यार्थीहरुप्रति आफ्नो संगठनको गम्भीर चासो रहेको भन्दै शैक्षिक दलालहरु अखिलको निशानामा पर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर