बाँके । बाँके जिल्लाको नरैनापुरमा मंगलवार दिउँसो कोणसभा भव्यरुपमा सम्पन्न गरिएको छ । देशभक्त जनणतान्त्रिक मोर्चा नेपालको मेचीमहाकाली जनजागरण अभियान अन्तर्गत पश्चिमको टिमले यो कोणसभा सम्पन्न गरेको हो ।

वीरेन्द्रनगर सुर्खेतको जनसभापछि बाँकेमा रहेको नरैनापुरको यो कार्यक्रम निकै आकर्षक रुपमा सम्पन्न भएको छ ।

हार्दिक शुभकामना !

नरैनापुरको कोणसभालाई टिम नेता परि थापाले पहिलो वक्ताका रुपमा सम्बोधन गरेका थए । त्यसपछि कार्यक्रमलाई अर्को वक्ताका रुपमा महिसपाल मौर्यले अबधी भाषामा सम्बोधन गरेका थिए । कोणसभा निकै भव्य र आकर्षक थियो ।

उक्त कोणसभाको सञ्चालन बाँके जिल्लाका पार्टी जिल्ला सेक्रेटरी अर्जुन शाहीले गरेका थिए भने कार्यक्रमको अध्यक्षता नन्कु गोडियाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर