काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीत हटाउन सरकारको केही पनि शक्ति प्रयोग गर्नु नपरेको दाबी गरेर आफ्ना कार्यकर्ताहरुलाई हौस्याएका छन् । गायकहरु भावनामा बग्ने भएकाले उनीहरुको गीतको कुनै अर्थ नहुने पनि दाबी गरे ।

बुधवार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा प्रम ओलीले जनताले नै मन नपराइदिएपछि गायक आफैंले गीत युट्युवबाट हटाएको दाबी गरेका थिए । उनले प्रम केपी शर्मा ओलीको दुईतिहाईको सरकार मन पराएको तर पशुति शर्माको गीत मन नपराएको जिकिर गर्दा उनकै कार्यकर्तामाझ हाँसोको फोहरा छुटेको थियो ।

त्यसपछि ओलीले आफ्नै कार्यकर्तालाई व्यंग्य गर्न पनि पछि परेनन् । उनले आफ्नै कार्यकर्तालाई नचाहिने कुरामा रमाउने, उत्ताउलो हुने र त्यस्ता गीतहरुलाई प्रोत्साहित गर्ने गरेको पनि बताए । गाली पाएका कार्यकर्तालाई फेरि सन्त्वना दिंदै ओलीले भने कसैले भुलचुकमा गीत बनायो रे ! लुट, लुट, गरेर केही काम लाग्छ र ?

तर यथार्थतालाई स्वीकार गर्दै प्रमओलीले नढाटेर थपे– ‘संसदमा कांग्रेस सांसद अमरेशकुमार सिंहले २५ हजार पुरस्कार दिने भन्ने अर्को एउटा सांसदले पनि ३५ हजार दिन्छु भने आलीले आफ्नो मनोविक्षिप्तता पोखे । धनगढीमा पूर्व एमाले र पूर्व एमाओवादीका कार्यककर्ताहरु एक बनाउन त्यहाँ पुगेका ओली र प्रचण्डका लागि पशुपति शर्माको लुट कान्छा लूट भन्ने गीत नै भाषणको पहिलो एजेण्डा बनेको थियो ।

नेकपाका अध्यक्षद्वयको लयमा आफ्ना कार्यकर्ताहरुलाई लुटेर खान सिकाउने गीतलाई महान गीत र वर्तमान नेपाली राजनीति सुहाउँदो भनेर प्रशंसा गरिदिएको भए बेस हुने भनाइ रहेको प्रष्ट बुझिन्थ्यो ।  

सपनामा बगेर आफै चापट भएका प्रम ओलीले गायकहरु भावनामा बगेर आफूहरुलाई अप्ठेरो पारेको गुनासो समेत गर्न भ्याएका थिए । ओलीले गायकले भावनामा बगेर गीत लेखे, युट्युबमा हाले, सबैले राम्रो गरेनौ भाइ भनेपछि हटाए कुरो सकियो भने । उनको आशय थियो ओली आफू पनि सपनामा बगे, एकता गरौं भने, संघीयता लागू गरौं भने, तीन तहको संघीयता घोषणा गरियो, विदेशीले राम्रो गरेनौ भाइ भने, एकता र संघीयता दिमागबाट झिकियो कुरो सकियो भन्ने आशय व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर