२४ औं जनयुद्ध दिवसमा अखिल (क्रान्तिकारी)ले शान्ति बाटिकामा गर्यो दीप प्रज्वलन

प्रकाशित मिति : २०७५ फाल्गुन १


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले काठमाडौंको शान्ति बाटिकामा दीप प्रज्वलन गरेको छ । संगठनले २४ औं जनयुद्ध दिवसको सन्दर्भमा आज साँझ दीप प्रज्वलन गरेको हो ।


‘महान् जनयुद्ध जिन्दावाद, २४ औं जनयुद्ध दिवस भव्य रुपमा मनाऔं, अखिल (क्रान्तिकारी) जिन्दावाद’ लगायतका नाराहरु लेखी मैनवत्तीले समेत ती नाराहरुको आकृति झल्किने गरी दीप प्रज्वलन गरिएको थियो ।
सो अवसरमा संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल, महासचिव पेशल दाहाल लगायत अखिल (क्रान्तिकारी)का विध्यार्थी नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । दीप प्रज्वलनपछि आयोजित कोणसभालाई अध्यक्ष हरिकृष्ण गजुरेलले सम्बोधन गरेका थिए ।