मानव शरीरको लागि बरदान हो लसुन

प्रकाशित मिति : २०७५ माघ १७

काठमाडौं । आजभोलि लसुन निकै प्रयोग गरिन्छ । विशेष गरी खानामा यसको प्रयोग निकै आएको छ । प्रायः खानाका आइटममा यसलाई छुटाइएको हुँदैन ।

पहिले पहिले ब्राहमण जातिका मानिसहरुले लसुन नखाने चलन निकै व्यापक थियो । तर हाल यसलाई समाजले पनि पचाएको छ । सबैले लसुन सागसब्जीका रुपमा खाने गरेका छन् । लसुन औषधिका रुपमा प्रयोग निकै गरिने गरिन्छ ।
पछिल्लो चरणमा लसुन महिलाहरुका साथै पुरुषहरुका लागि बढी फाइदाजनक रहेको खुल्न आएको छ । लसुन काँचो प्रयोग गरियोस् वा पकाएको, यसले शरीरलाई निकै फाइदा दिने चिकित्सकहरुको ठहर रहेको छ ।

लसुनमा सल्फरयुक्त यौगिकको मात्रा निकै बढी हुन्छ । यसमा ऐलिसिन भन्ने तत्व पनि पाइन्छ । यही तत्वले गर्दा लसुनमा एन्टीबायोटिक रहेको मानिन्छ । यसले एन्टीव्याक्टेरिया र एन्टी फंगसको काम पनि गर्दछ । लसुनमा पछिल्लो अनुसन्धानमा पाइएअनुसार फाइटोकेमिकल्स पाइन्छ । यसले पुरुषहरुलाई निकै फाइदा पुर्याउने विश्वास गरिन्छ ।

लसुनको प्रयोगले दातको दुखाइ निकै कम गर्दछ । यसले आराम पनि दिने गर्दछ । निकै दुखेको दाँतमा लसुन पिसेर राखियो भने पनि तत्काल दुखाइ कम भएको महसुस हुन्छ ।

यसका साथै ब्लड प्रेसर र हर्ट अट्याक जस्ता मुटुका विरामीलाई पनि यसले फाइदा पुर्याउँछ । ब्लड प्रेसर रोक्ने, रगत पातलो बनाउने आदि काम यसले गर्दछ ।

लसुनले क्यान्सरलाई फाइदा पुर्याउँछ । यसले प्रोस्टेट तथा ब्रेस्ट क्यान्सरका लागि पनि फाइदा पुर्याउँछ । यसका साथै पेटको गडबडी पनि यसले कम गर्दछ । पेटको जलन, अमिलोपना, वाकवाकी तथा वान्तालाई पनि रोक्दछ ।