सिन्धुली । संगठन बिस्तार तथा जनचेतना अभियान अन्तर्गत देजमो सिन्धुलीले सिन्धुली जिल्लाको जिल्ला समिति चयन गरेको छ । जिल्ला सम्मेलनद्वारा निर्वाचित उक्त समितिका अध्यक्षमा थलप्रसाद देवकोटा निर्वाचित भएका छन् ।

देवकोटाको अध्यक्षतामा अध्यक्षतामा उपाध्यक्षमा ढक देवकोटा, सचिवमा बालकृष्ण थापा, कोषाध्यक्षमा बाबुलाल तामाङ र सहसचिवमा होमबहादुर कार्कीको कार्यकारी टिम निर्वाचित भएको छ ।

हार्दिक शुभकामना !

समिति सदस्यहरुमा कृष्णबहादुर कार्की, बुद्धि विक, कमल जिम्बा, बुद्धि रोक्का, बच्चु नेपाली र अमृत तोलांगी चयन भएका छन् । सम्मेलनमा नेकपा क्रान्तिकारी माओवादीका पोलिट ब्युरो सदस्य तथा ३ नं प्रदेश सेक्रेटरी दिनेश शर्मा (सागर), देजमोका केन्द्रीय सदस्य पूर्णकुमारी देवकोटा र जिल्ला सेक्रेटरी क. नवीन उपस्थिति रहेको थियो ।

सम्मेलनमा सयौं संख्यामा जनसमुदायको सहभागिता रहेको थियो । सिन्धुलीको धुराबजारमा भएको सो सम्मेलनका सभापति थलप्रसाद देवकोटा र सञ्चालक बालकृष्ण थापा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर