काठमाडौं । संगठनकी केन्द्रीय कोषाध्यक्ष अमीरमैया रञ्जितकी आमा बाबामैया रञ्जितको निधनप्रति दुःख व्यक्त गर्दै क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समितिले दिवंगत रञ्जितप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।

हार्दिक शुभकामना !

संगठनका केन्द्रीय अध्यक्ष इन्द्र राउतले आज एक शोक वक्तव्य जारी गर्दै दिवंगत रञ्जितप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो । अध्यक्ष राउतले जारी गरेको शोक वक्तव्यमा संगठनकी कोषाध्यक्ष अमीरमैया रञ्जित लगायत सम्पूर्ण शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।

दिवंगत रञ्जितको आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । काठमाडौं मनपा–२०, माझीपाट निवासी रञ्जितको शुक्रबार बेलुका ८ बजे हरिसिद्धि स्थित क्यान्सर अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको थियो । उहाँ ब्लड क्यान्सर रोगबाट पीडित भई उपचार गराउँदै आउनुभएको थियो । उहाँका आठ छोरी र १ छोरा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर