काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव चर्को नैतिक दबाबमा छन् । डा. गोविन्द केसीको १५ औं आमरण अनसनमा सरकारी पक्षबाट बाचा पूरा गर्ने गरी केसीसँग सम्झौता गरेका थिए । तर अहिले यो संझौता कार्यान्वयन गर्दा उक्त संझौताको एजेण्डा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको हातमा पर्न गएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल ‘बाँदरको हातमा नरिबल’ जस्तो गरी अनशनरत गोविन्द केसीका १५ औं अनसनका मागहरु लत्याएर चिकित्सा शिक्षा विधेयक पारित गर्न दाम्लो चुँडाएर लागिपरेका छन् । यो स्थिति देखेपछि स्वास्थ्यमन्त्री यादवले आफू नैतिक धरापमा परेको भित्रैदेखि महसुस गरिरहेका छन् ।

हार्दिक शुभकामना !

संघीय फोरमका अध्यक्ष यादव मन्त्रिपरिषद्को कार्यशैली देखेर बिचलित भएका छन् । उनी सत्तामा पुगेको ८ महिना पनि भएको छैन, तर पनि उनी सत्ता छोडेर आन्दोलनमा जाने कुरा दोहो¥याइरहेका छन् । उनी सरकारले डा. गोविन्द केसीसँग १५ औं अनसनका बेला गरेको सम्झौताअनुरुप राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नल्याइएको भनी मुर्मुरिइरहेका छन् ।

आफू आन्दोलनबाट आएको भन्दै फेरि पनि आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना हुँदै गएको पनि बताउने गरेका छन् । उनले भन्ने गरेका छन्– डा. गोविन्द केसीसँग गरिएको सम्झौता इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ । चिकित्सा शिक्षा गुणस्तरीय हुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर