काठमाडौं । प्रा.डा. गोविन्द केसीको अनसनले नेपाली राजनीतिलाई भिन्न मोड दिन थालेको छ । केसीको अनसनको बाहिरी स्वरुप र यसको अन्तर्यले गर्नसक्ने भेदनमा कतै पनि मेल देखिदैन । यसका लागि केसी आफै कति सचेत किसिमले लागेका छन् र द्वन्द्व समाधानका लागि एक मेडिकल डक्टर तथा एक विद्वतका हैसियतले उनी नेपाली सामाजिक अन्तरविरोध र त्यसको विकास तथा हलको प्रक्रियालाई कसरी लिएका छन्, त्यो सबै खुलस्त भएको छैन । किनकि उनको अनसनको पृष्ठभूमिलाई नियाल्यौं भने कांग्रेसी सरकार हुँदा पनि उनी धेरै पटक आमरण अनसन बसिसकेका छन् । त्यसैले सत्तासीन कम्युनिष्ट भनिनेहरुका विरुद्धमा मात्र उनी जाइलागे भनेर एकतर्फी आरोप लगाउने ठाउँ छैन ।

हार्दिक शुभकामना !

तर उनको यो अनसनले नेपाली राजनीतिमा अनौठो तर केही वस्तुगत मोड दिन थालिसकेको छ । त्यो हो, सरकारमा डबल नेकपाका नाममा पूर्वएमाले र पूर्व माओवादी केन्द्र एउटै पार्टी र बहुमतको सरकारको रुपमा रहे पनि त्यसको मिहिन तरिकाले बाहिरबाट पारिन लागेको चीरा र दरार ।

यो केवल स्वरुप वा सांगठनिक रुपमा फुटाउनका लागि मात्र नभएर द्वन्द्वकालीन मुद्दा ब्युँझाउने र त्यहाँ रहेका पूर्व माओवादीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अदालती कारवाहीसम्म पुर्याउने । त्यो भनेको मुद्दाका आधारमा अघोषित रुपमा कांग्रेस र एमालेको गठबन्धन निर्माण गर्ने र पूर्व माओवादीहरुलाई कार्वाही गर्ने ।

यसका लागि कांग्रेस र पूर्व एमालेहरु ज्यान छाडेर लागेका छन् । पूर्व एमालेकाहरु गोविन्द केसीको माग कुनै पनि हालतमा पूरा गर्न नदिने र कांग्रेससँग भिडेको बहाना पारिरहने अनि कांग्रेस माग पूरा गर भनिरहने, तर यी दुईको निशाना पूर्व माओवादी दाहाल तथा थापाहरुविरुद्ध अघोषित रुपमा सोझिइने भइरहेको छ ।

व्यवहार हेर्दा लाग्छ, ओलीलगायतका पूर्व एमालेहरु कुनै पनि हालतमा केसीका माग पूरा गर्ने पक्षमा छैनन्, यसमा नारायणकाजीहरु तथा मधेशी पार्टीहरु पनि अघोषित मोर्चाबन्दीमा छन् । तर पूर्व माअ‍ेवादी भनिनेहरु यसतर्फ कम नै सतर्क छन् । शिक्षामन्त्री गिरीराजमणि पोखरेल पूरै पश्चिमाको इशारामा नाचिरहेका छन् । उनी कुनै पनि हालतमा चिकित्सा शिक्षा विधेयक पारित गराउनेमा नै जोड दिइरहेका छन् ।

पूर्व एमाले र कांग्रेसहरु त डा. केसी अनसनमा नै प्राण त्याग गरुन् भन्ने पक्षमा देखिन्छन् । यसको कारण हो अन्तर्राष्ट्रिय अदालत हेगको ध्यान तान्नु । यसले पूर्व माओवादी भनिखाएका दाहाल–थापाहरुलाई इंगित गरिरहेको छ । शायद यसका बारेमा डबल नेकपा भनिने सत्ताधारी पार्टीमा कुनै पनि आधिकारिक छलफल र विचार बनेको छैन ।

गोविन्द केसीको ‘जेहादी’ अनसन सत्ताधारी दाहाल–थापाहरुलाई ननिकै महंगो साबित हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर