सुर्खेतमा धमाधम डबल नेकपा छाड्दै क्रान्तिकारी माओवादीमा समाहित हुँदै (हेर्नुस् फोटोफिचर)

सुर्खेतमा धमाधम डबल नेकपा छाड्दै क्रान्तिकारी माओवादीमा समाहित हुँदै (हेर्नुस् फोटोफिचर)


सुर्खेत । नेकपा (क्रान्तिकारी माओवादी) सुर्खेतमा अहिले ध्रुवीकरणको लहर चलेको छ । पछिल्ला तीन दिनमा लगातार सत्तारुढ डबल नेकपा परित्याग गरी नेता कार्यकर्ताहरु क्रान्तिकारी माओवादीमा समाहित भइरहेका छन् । प्राप्त जानकारी अनुसार बिहीबार मात्र डबल नेकपा परित्याग गरी जिल्ला नेताहरु डम्बर रोकाया र निराजन जैसी क्रान्तिकारी माओवादीमा समाहित भएका थिए ।

प्राप्त जानकारी अनुसार शुक्रबार डबल नेकपाका जिल्ला नेता तथा पूर्व जनमुक्ति सेनाका कमाण्डर नवलसिंह परियार‘परिवर्तन’, तत्तकालीन नेकपा एमाले हाल नेकपाका एरिया सदस्य डवल नेपाली, समर्थकहरु कमरेड गणेश, कमल लगायतका नेता कार्यकर्ताहरु क्रान्तिकारी माओवादीमा समाहित भएका छन् भने शनिबार अर्थात् ५ माघमा विभिन्न पार्टी निकट विध्यार्थी संगठन परित्याग गरी विध्यार्थी नेताहरु क्रान्तिकारी माओवादीमा समाहित भएका छन् ।


यसरी पार्टीमा समाहित हुन आइपुगेका नेता कार्यकर्ताहरुलाई क्रान्तिकारी माओवादीका केस तथा कर्णाली प्रदेश निमित्त सचिव कृष्ण गुरुङ, पार्टी केस तथा दैलेख इन्चार्ज दीपक शाहीले खादा र अबिर लगाएर पार्टीमा समाहित गरेका थिए भने पार्टीका सुर्खेत सेक्रेटरी श्याम कार्कीले अन्य पार्टी परित्याग गरेर आएका नेता कार्यकर्तालाई धन्यवाद ज्ञापन गरेका थिए ।

पार्टीमा समाहित हुन आएका नेता कार्यकर्ताहरुले डबल नेकपा प्रतिक्रियावादी कित्तामा उभिएर जनविरोधी तथा राष्ट्रविरोधी क्रियाकलापमा बद्नाम हुँदै गएको र नेपालको सच्चा र क्रान्तिकारी कम्युनिस्ट पार्टी क्रान्तिकारी मात्र रहेको ठहर गरी यो पार्टीमा समाहित हुन आइपुगेको प्रतिक्रिया दिएका छन् । उनीहरुले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका भयावह समस्याहरुको समाधानका लागि नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको र त्यसको नेतृत्वमा क्रान्तिकारी माओवादी बाहेक अन्य पार्टीले गर्न नसक्ने निष्कर्ष पनि आफूहरुको रहेको बताएका छन् ।