काठमाडौं । विदेशी कठपुतलीको रुपमा सरकार सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सामाजिक सद्भाव खलल पार्ने काम गरिरहेका छन् । राज्यसत्ता सञ्चालन गर्नुभन्दा पनि एनजीओ रआईएनजीको सहआयोजकका रुपमा सरकारलाई मुछिरहेका छन् । सरकारलाई सामाजिक संघसंस्था भन्दा पनि तल्लो दर्जा दिलाएका छन् । आफू पनि सिंह दरवार छाडेर होटल सोल्टीबाट प्रधानमन्त्री कार्यालय चलाउन व्यस्त छन् । कतिपयले त यो विदेशीहरुको सिंहदरवार ‘कु’को ट्रायल भनेर विश्लेषण पनि गरिरहेका छन् ।

हार्दिक शुभकामना !

राज्यको कामकाज सञ्चालन भन्दा पनि ‘होली वाइन’ शेचनमा दंग पर्ने ओली देशमा विदेशीको अनावश्यक चलखेल बढाएर देशलाई अराजकताको दिशामा धकेलिरहेका छन् । कालापानी लगायत देशको सिमाना र माटो भारततिर पारिदने वाचासहित मोदीको कठपुतलीका रुपमा सत्तामा बिराजमान भएका ओलीले राष्ट्रियताका कुरा गर्नु लेण्डुप दोर्जेले सिक्किम विलय गर्दा गरेको नाटक जस्तो मात्र हो । यथार्थमा ओली देशलाई सत्यानाश पार्नतिर लागेका छन् ।

यदि देशमा सामाजिक सद्भाव र राष्ट्रियताका कुरा गर्ने हो भने ओली सरकारलाई एक मिनेट पनि सत्तामा बस्न दिनु कुनै कारणले पनि उचित छैन । ‘जो चोर उसको ठूलो स्वर’ भने झैं सरकारी सञ्चार माध्यमहरुमा ओली ‘डुक्राउनु’ र केही क्षणपछि ‘बाँ’ गर्नुको कुनै तुक छैन ।
देशमा तुइनमात्र भए पनि विस्थापित गरेर झोलुंगे पुल निर्माण गर्न नसक्ने ओली र उनको सरकारले विकास र समृद्धिका कुरा गर्नु ओलीले ओलीलाई गरेको व्यंग्य मात्र हो । यसमा जनता हाँस्छन् मात्र केही पनि विश्वास र दम छैन ।

उनले जनतालाई अघि बढाउने कुरा गर्नु बर्बराउनु मात्र हो । संघीयता बुझ्न नसक्नु, बयल गाडा चढेर अमेरिका पुगे झैं मान्नु, कर्मचारीमाथि अत्याचार लाद्नु, प्रदेश र स्थानीय सरकारलाई अधिकार नदिनु, आफैले काठमाडौंमा बसेर स्वीच थिचेर अरुण तेस्रो भारतलाई दिनु आदि ओलीका समृद्धिका कामहरु बन्न गएका छन् ।

देश पुरै माफियाको चंगुलमा फसेको छ । सरकार आफै अरु देशहरुसँग संझौता गरेर मानव तस्करीका लागेको छ । हरेकसँग खुल्लमखुल्ला बार्गेनिङ गरेर कमिसन मागेको छ । बिचौलियाहरुको संरक्षण गरेको छ । भ्रष्ट आचरण भएकाहरुलाई मन्त्रीमण्डलमा समावेश गरेको छ । प्रहरी अनुसन्धान यमराजको यातनालय बनेको छ ।

निर्मलाहरुलाई बलात्कार गरी हत्या गर्नेहरुलाई ओली सरकारको प्रत्यक्ष संरक्षण छ । सुन तस्करी निकै मौलाएको छ । मन्त्रीहरुका गाडीमा रक्त चन्दन चीन पुग्ने गरेको छ र फर्कदा सुन बोकेर फर्कने गरेको छ । सरकारले एयरपोर्टमा सुन तस्करी गर्नकै लागि भनेर प्रहरीहरुको सेटिङ मिलाएको छ ।

पहिचानसहितको संघीयता दिन नचाहने केन्द्रीकृत सामन्ती व्यवस्थाको हिमायती ओलीको तमु ल्होसारमा दिइएको भाषण ओली आफैका लागि व्यंग्य मात्र हो ।

प्रतिक्रिया

सम्बन्धित खवर