ओली सरकार सुगत रत्नको ‘मूर्गा’

प्रकाशित मिति : २०७५ पुस १३

काठमाडौं । कसैले कसैलाई फसायो वा उल्लू बनायो भने ‘मुर्गा’ बनाएको भनिन्छ । वाइड बडी विमान खरिदमा सुगतरत्न कंसाकारले ओली सरकारलाई मुर्गा बनाएका छन् । मन्त्री रबिन्द्र अधिकारी उल्लू बनाइएका छन् । वाइडबडी विमानमा घोटाला भएको प्रमाणित भएमा मन्त्री रबिन्द्र अधिकारीले त एक ‘बालरोगी’ झैं राजनीतिबाट सन्यास लिन्छु समेत् भनेका थिए ।

अहिले वाइड बडी विमानको अध्ययन ‘न्यारो र डेन्स’ वा सघन र घनिभूत हुँदै गएको छ । ओली सरकारलाई कंसाकारले मूर्गा बनाएको तथ्य खुल्दै गएको छ । महालेखा प्रतिवेदनले वमान खरिदमा अनियमिता भएको औंल्याएपछि सुरु भएको यो बहस अख्तियारको कोर्टमा पनि प्रवेश गरेको छ ।

संसदको हिउँदे अधिवेशन सुरु भएकै दिन बुधबार विपक्षी दलका नेता शेरबहादुर देउवाले वाइडबडी प्रकरण छानबिनको माग गरे । संसदबाटै र त्यो पाि प्रमुख प्रतिपक्षी दलका नेताबाट आवाज उठाइसकेपछि मन्त्री रविन्द्र अधिकारी र वायु सेवा निगमका कार्यकारी कंसाकारको हंसले ठाउँ छाडेको छ । मूर्गा बनाइएको ओली सरकारले न त विमान घोटालाको न त छानबिन गर्न दिएको छ, न त छानबिन नै ।

वाइड बडी विमान खरिद र त्यमा भएको घोटालाले ओली सरकारको तालु सुकाएको छ । पर्यटन मन्त्री रविन्द्र अधिकारी भने सुरक्षाका लागि ओतलाग्ने ठाउँको खोजीमा रहेका देखिन्छन् । सुरुमा छात्ती पिटेर जिम्मा लिन आतुर देखिएका उनी अहिले भने विमानको भुक्तानी महालेखापरीक्षकलाई सोधेर गरिएको बताएर रुँदै हिंड्न थालेका छन् । सुरुका ‘हुक्काँ’ गरेका अधिकारी अहिले ‘बाँ’ गर्न थालेका छन् ।

तर कंसाकार भने देउवाले र संसदहरुले कुरा नबुझेको भन्दै बर्बराउन थालेका छन् । विमान खरिदमा ठूलो छुट हुने भनिए पनि छुट नभएको, एयरबस कम्पनीले जहाजको पैसा भुक्तानी भएको लेखेको तर रकम उल्लेख नगरिएको, लामो दूरीमा उडाउने भनेको तर कम क्षमताको जहाज ल्याइएको, बैना वापत दिनुपर्ने रकम अगावै कुल भुक्तानी दिइएको, पारवहन क्षमता कम भएको, डेलिभरी समय हुन नसकेका कारण दिनदिनै ठूलो घाटा लागेको आदि कुराहरुले वाइड बडी विमान खरिदमा घोटाला नै भरएको पुष्टि भएको छ ।

कंसाकारले मन्त्री अधिकारीको स्वीकृतिमा मानिसहरुलाई जहाज हेर्ने भनेर ठूलो संख्यामा भ्रमण गराएका थिए । ल्याइएको जहाज १३० टन क्षमता भएको तर १४२ टन क्षमताको भनेर मन्त्री अधिकारी र कंसाकारले कागज बनाउएको भेटिएको छ । प्रस्ताव पत्रमा एउटा बेहोरा र सम्झौता पत्रमा अर्को बेहोरा लेखिएको छ । महालेखा परीक्षकको कार्यालयले अनियमितता भएको भनेर सतर्क गराउँदा पनि भुक्तानी दिइएको भेटिएको छ ।

विमानको सिट ‘थर्ड–क्लास’को रहेको छ ।