
टोखा नगरपालिका–०७ धापासीमा २० वर्षीया कुसुम राईको असामयिक निधन भएको तेह्रौ पुण्य तिथिमा एक शोकसभा सम्पन्न भएको छ । क्रान्तिकारी महिला संघ टोखा नगर कमीटीकी उपाध्यक्ष क. कमला राई (कार्की)की २० वर्षिया छोरी कुसुम राईको गत २०७५ साल मंसिर १७ गते बिहान ९ः०० बजे धापासीस्थित आफ्नै निवास निधन भएको थियो ।
क्रान्तिकारी महिला संघ टोखा नगर अध्यक्ष क.शुमित्रा न्यौपानेको अध्यक्षतामा सम्पन्न शोक सभा कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)की केन्द्रीय सदस्य क.शारदा महत (सरु)को प्रमुख अतिथि, देजमो काठमाण्डौं जिल्ला अध्यक्ष खगेन्द्र छन्त्यालको विशेष अतिथिको रुपमा उपस्थिति थियो । कार्यक्रममा देजमो काठमाण्डौं जिल्ला उपाध्यक्ष इन्दिरा घिमिरे, नेकपा क्रान्तिकारी माओवादी टोखा नगर ईन्चार्ज ज्ञानेन्द्र प्रजापती, देजमो टोखा नगर अध्यक्ष गोपाल कार्की लगायत स्थानीय पार्टी नेताहरुको पनि समुपस्थिति रहेको थियो ।
वक्तब्यको क्रममा देजमो काठमाण्डौं जिल्ला उपाध्यक्ष क. इन्दिरा घिमिरेले किशोरीहरुको सुरक्षाको लागि उनीहरुलाई मार्शल आर्ट तथा अन्य सैन्य तालिम समेत दिनु पर्ने धारणा राखेकी थिइन् । नेकपा (क्रान्तिकारी माओवादी) टोखा नगर इन्चार्ज ज्ञानेन्द्र प्रजापतीले शोकसन्तप्प परिवारप्रति धैर्यधारण गर्ने क्षमता मिलोस् भन्ने धारण व्यक्त गरेका थिए ।
कार्यक्रम देजमो टोखा नगर कमीटीका सचिव बद्रीहरि नेपालको सञ्चालनमा भएको थियो ।