काठमाडौं । दोस्रो टेस्टमा भारत अस्ट्रेलियासँग पराजित भएको छ । दोस्रो टेस्टको पाँचौं दिन भारत ५६ ओभरमा अलआउट हुँदै १४० रनमा समेटिएसँगै अष्ट्रेलियाले भारतलाई १४६ रनले पराजित गरेको हो । चौंथो दिनको खेल सकिँदासम्म ११२–५ को स्थितिमा रहेको भारतले पाँचौं दिनको खेलमा भने २८ रन जोड्दा अर्को ५ विकेट गुमायो । दोस्रो टेष्टको दोस्रो इनिङमा भारतका कुनै पनि खेलाडीले अर्धशतकिय पारी खेल्न सकेनन् ।

भारतका लागि अजिंक्या रहाने र ऋषभ पन्तले समान ३०–३०, हनुमा विहारीले २८ र मुरली विजयले २० र कप्तान विराट कोहलीले १७ रनको योगदान दिए । अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन् । दोस्रो पालीमा अस्ट्रेलियाका लागि मिचेल स्टार्क र नाथन लियोनले ३–३ तथा जोश हेजलवुड र प्याट कमिन्सले २–२ विकेट लिए ।

हार्दिक शुभकामना !

यसअघि अस्ट्रेलियालाई दोस्रो इनिङमा २ सय ४३ रनमा सीमित पारेसँगै जितका लागि २ सय ८७ रनको लक्ष्य पाएको भारतले सम्हालिएको प्रदर्शन गर्न सकेन । रन खाता नखोल्दै ओपनर लोकेश राहुललाई गुमाएको भारतले १३ रन जोड्दा चेतेश्वर पुजारालाई गुमाएको थियो । राहुललाई मिचेल स्टार्कले बोल्ड गरेका थिए भने पुजारालाई जस हाज्लेउडले कप्तान तथा विकेटकिपर टिम पायनेबाट क्याच गराएका थिए ।

कप्तान कोहली र विजयले तेस्रो विकेटका लागि ३५ रनको साझेदारी गर्दै भारतको इनिङ उकास्ने प्रयास गरेका थिए । तर लियोनले कोहलीलाई उस्मान ख्वाजाबाट क्याच गराउँदै भारतलाई झड्का दिएका थिए । कोहलीले पहिलो इनिङमा शतक पूरा गरेका थिए ।

यसअघि १३४–४ बाट चौथो दिनको खेल सुरु गरेको भारतले १ सय ९ रन जोड्दा बाँकी ६ विकेट गुमाएको थियो । अस्ट्रेलियाका उस्मान ख्वाजाले ७२ रनको योगदान गरे । २ सय १३ बल खेलेका ख्वाजाले ५ चौका प्रहार गरे । त्यस्तै पायनेले ३७ रन जोडे । भारतका मोहम्मद सामीले ६ र जसप्रित भुमराले ३ विकेट लिए । पहिलो टेस्ट भारतले ३१ रनले जितेको थियो ।

अस्ट्रेलियाले बल टेम्परिङ प्रकरणपछि पहिलो पटक टेस्ट क्रिकेट जितेको हो मार्चमा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट जितेपछि अस्ट्रेलिया जितविहीन बन्दै आएको थियो । सो घटनामा संलग्न भएको प्रमाणित भएसँगै तल्कालीन कप्तान स्टिभ स्मिथ र उपकप्तान डेविड वार्नर एक वर्षको प्रतिबन्धमा परेका थिए भने क्यानरुन बेनक्रफ्टमाथि ९ महिनाको प्रतिबन्ध लगाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर